3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेका छैनन् । निर्धारित समय अनुसार टस बिहान ८:३० मा हुनुपर्ने हो ।

त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ ११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेनन् । दुवै टोलीका खेलाडी मैदानमा भएपनि टस नै गर्न नमानेका हुन् । योसँगै नेपाल टि२० लिगमा खेल हुनेमा शंका उब्जिएको छ ।
खेलाडीहरुलाई केहि समस्या हुँदा त्यो समाधान नहुन सम्म टस नगर्ने बुझिएको छ । खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय लिएको एक खेलाडीले जानकारी दिए । सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन् । पोखराका खेलाडीले भने दुई किस्तामा ५० प्रतिशत रकम पाइसकेका छन् ।

आयोजक सेभेन थ्रि स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा छैनन् । त्यस्तै फार वेस्ट युनाइटेडका मालिक पनि सम्पर्कमा नभएको बुझिएको छ । जनकपुर र विराटनगरका खेलाडीले पनि आफ्नो टिम मालिक सम्पर्कमा नरहेको बताएका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]