3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा बिहान १० : ३० मा भएको टसमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

विवादपछि दुई घण्टा ढिलो हुँदै टस भएको हो । खेल ९ -९ ओभरको हुनेछ । टसका लागि विराटनगरका रोहित पौडेल र काठमाडौंका ज्ञानेन्द्र मल्ल गएका थिए । निर्धारित समय अनुसार टस बिहान ८ः३० मा हुनुपर्ने हो । तर खेलाडीले त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ-११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेका थिएनन् ।
पछि टियु एन्डतर्फ दुबै टिमका खेलाडी, नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्ल, नेपाल टि२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास, कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसल लगायतहरुको बैठकपछि खेल हुने निर्णय भएको हो । खेलाडी भने विहान देखिनै वार्मअप गरि रहेका थिए ।

खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय लिएको एक खेलाडीले जानकारी दिए । सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले पैसा नपाएको बताएका थिए । पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्सका खेलाडीले भने पैसा पाएको बुझिएको छ । आयोजक सेभेन थ्रि स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया क्यानका सम्पर्कमा आएको बुझिएको छ ।

काठमाडौंले आज सन्दीप रजालीलाई मौका दिएको छ । जिम्बावेका स्टार ब्याटर रायन बर्ल भने घर फर्किएका छन् । त्यस्तै अफगानी अलराउन्डर आजमतुल्लाह ओमरजाई पनि बेन्चमा छन् । तीव्र गतिका बलर गौतम केसीलाई मौका दिएको छ । काठमाडौंले आज एलेक्स ब्लेक र विरनदीप सिंहलाई विदेशी खेलाडीको रुपमा खेलाएको छ ।
विराटनलरले भने पृथु बाँस्कोटालाई बेन्चमा राखेर रिजन ढकाललाई पनि मौका दिएको छ । अन्य भने टोलीमा परिवर्तन छैन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]