3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई ९३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनायो ।

काठमाडौंका सन्दीप रजाली २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनमा अविजित रहे । रजालीले नेपाल टि२० लिगको पहिलो खेल खेलेका हुन् । जिम्बावेका अलराउन्डर रायन बर्ल घर फर्किएपछि सन्दीप रजालीले मौका पाएका हुन् ।
कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । ओपनर लोकेश बम एक र विरनदीप सिंह पाँच रनमा आउट भए । नन्दन यादवले सुनम गौतमलाई शून्यमा बोल्ड गरे । एक समय काठमाडौं १४–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि एलेक्स ब्लेक र सन्दीप रजालीले ३२ रनको साझेदारी गरेका थिए ।
एलेक्स ब्लेक ९ बलमा २ चौकासहित १३ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौकासहित १४ रनमा आउट भए । विराटनगरका नन्दन यादवले २ ओभरमा एक मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । हुसेन तालत र केओन जोशेपले एक एक विकेट लिए ।

खेलाडीहरुले पारिश्रमिक नपाएको कारण विहान निर्धारित समयमा टस हुन सकेको थिएन । लामो समयको छलफलपछि सहमति भएको थियो । निर्धारित समय ८ : ३० मा टस हुनुपर्ने भएपनि टस १०ः३० मा भएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]