3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टि२० लिगमा आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी दिएको बताएका छन् ।

मंगलबार नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा ज्ञानेन्द्रले उक्त प्रतिक्रिया दिएका हुन् । ‘अरु टिमको बारे थाहा भएन । हाम्रो टिमको एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको थियो । हामी नियम अनुसार त्यो एसियुलाई भनेका थियौं । प्रस्ताव र फिक्सिङ फरक हो । प्रस्ताव गर्यो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन । प्रस्ताव जो र जसले जसरी पनि गर्न सक्छ । हामीले रिपोर्ट गरेका छौं । एसियुले हेरिसकेको छ’, ज्ञानेन्द्रले भने ।
खेलाडीहरुले पैसा नपाएपछि मंगलबार दुई घण्टा ढिलो खेल सुरु भयो । लामो समयको छलफलपछि मात्रै खेल ९–९ ओभरको भएको थियो । ‘हामीलाई पनि चिन्ता लागेर नै हो । के भइरहेको छ । ठ्याक्कै के हुँदैछ भन्ने पनि थाहा भएन । टिमको पार्टमा हामीले पहिला गरेको वाचाहरु पूरा हुनुपर्छ भन्ने थियो । त्यो नभएपछि स्वदेशी र विदेशी खेलाडीको जिम्मेवारी कसले लिने ? जो आउनुपर्ने त्यो नआएपछि हामीले चिन्ता देखाएका हौं । क्यानबाट स्पष्ट केहि कुरा आवोस् भन्ने थियो’, ज्ञानेन्द्रले भने ।
ज्ञानेन्द्रले त्यसैमा थपे, ‘एक दुई बाहेक अन्य सबै टिमको अवस्था त्यस्तै छ । त्यो कुराहरु पनि थप्नुपर्छ भन्ने थियो । खेलाडीदेखि सबै जनाले मानिरहेको थिएन । सबै कुरा अन्योलमा थियो’, उनले भने ।
‘खाली खेलाडीलाई मात्रै छविको अगाडि राख्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन । किनभने यो प्रतियोगिता सुरुवातदेखि जो जो जिम्मेवार हुनुपर्ने हो र जे जे आश्वासन दिएको छ त्यो पूरा हुनुपर्छ भन्ने मात्रै हो । यो आजको आजै भएको कुरा होईन । हामीले इमेल गरेका थियौं । कप्तानबाट थप्ने प्रयास गरेका थियौं । हामी मालिकहरुको सम्पर्कमा आउने प्रयास गरेका थियौं ।’
‘दिनानुदिन ढिलाइ भइरहेको थियो । धेरै नै भएको हुँदा र हामी स्पष्ट नहुँदा हामी पहिला यो थप्नुस् र हामी तयार छौं भनेका थियौैं । हामी नखेल्ने भनेको होईन । तर हाम्रो चित्त बुझाइदिनु पर्छ । अगाडि आइदिनुस् भनेको मौत्र हो’, खेल रोकिनु बारे उनले भने ।
टोलीलाई आज रातीसम्म रकम प्राप्त गर्ने आश्वासन दिएको उनी बताउँछन् । ‘खेल सकेपछि आज रातीसम्ममा सबै कुरा हुनेछ भन्नु भएको छ । त्यसैले आज राती सम्म थाहा हुन्छ । अब नहुनेमा भन्दा पनि हुनेमा हामी केन्द्रित छौं । हामी खेल्ने योजनामै छौं । यदि भएन भने त्यहिबेला निर्धारण गरौंला’, उनले भने ।
नेपालमा २०१६ देखि २०१९ सम्म तीन फ्रेन्चाइज लिग) एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग) भएका थिए । त्यो समय यी तीन फ्रेन्चाइज एकै वर्षमा हुन्थे । त्यो समय फ्रेन्चाइजका मालिकहरु टिममै आएर खेलाडीको मनोबल बढाउथे । समर्थन गर्थे । तर यो पटक लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बाहेक अन्य फ्रेन्चाइज टोलीमा त्यो देखिएको छैन । ज्ञानेन्द्र पनि त्यो कुरा मिस गरेको बताउँछन् ।
‘हामी पनि त्यो मिस गरिरहेका छौं । वहाँहरु आउनुहुन्छ । पहिलादेखि हेर्ने हो भने नेपालमा राम्रो वातावरणमा रहेर काम गरेका थियौं । तर यसपाली सुरु हुनु अघिदेखिनै होला नहोला थियो । हामी बाहिर थियौं । टिम विकास देखि के कस्तो भन्ने कुरा भइरहेको थिएन । अहिलेपनि हाम्रो सञ्चारमा दुरी छ । म्यानेजरमार्फत जाँदा पनि कुरा आएको छैन । त्यसैले गर्दा आजको स्थिति आइपुगेको हो ।’
यसअघि निजी लिगहरुमा पनि समस्या भएपनि क्यानबाट त्यो भन्दा राम्रो अपेक्षा गरेको बताए । ‘निजी लिगहरुमा समस्या नआएको भन्ने म मान्दिन । ढिलो हुन्थ्यो तर त्यो बेला के थियो भने कम्तिमा विश्वसनीयता थियो । अहिले त सबैभन्दा ठूलो प्रतियोगितामा जिम्मेवार संघबाट गर्दा हामी अझ राम्रो होस् भन्ने अपेक्षा गर्छौं । हामी अझ सुरक्षित महसुस गर्न चाहन्छौं । व्यवस्थापनमा संघबीच के भएको छ त हामीलाई थाहा भएन’, ज्ञानेन्द्रले भने ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]