default_image

3 years ago

January 3, 2023

नेपाल टि२० : फिक्सिङबारे छानविन गर्न सिआइबीलाई गृहको निर्देशन

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) बारे प्रश्न उठिरहेको अवस्थामा गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको छ ।

टियु मैदानमा जारी नेपाल टि२० लिगमा खेलाडीलाई खेल मिलेमतोको लागि प्रस्ताव आएको र प्रतियोगितामा संलग्न कमेन्टेटरले नै खेल मिलेमतोको आशंका गरेपछि गृहले मंगलबार उक्त निर्देशन दिएको हो । सुरुवातदेखि नै निकै विवादमा रहेको प्रतियोगितामा मंगलबार खेलाडीले पारिश्रमिक नपाएको कारण खेल नै निकै ढिलो सुरु भएको थियो । क्यानले खेलाडीलाई साँझसम्म रकम व्यवस्था गर्ने बताएपछि खेल ९ ओभरको खेलाइएको थियो ।

यता क्यानले कमर्सियल र स्ट्राटेजिक पार्टनर बनाएको सेभेन थ्री स्पोर्ट्सका मालिक नै सम्पर्कविहिन रहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले स्वीकार गरेपछि लिग नै अन्यौलमा रहेको थियो । तर क्यान पदाधिकारीले खेलाडीलाई पारिश्रमिक पाउनेमा विश्वस्त रहन भनेपछि खेल संचालन भएको थियो ।

मंगलबार नै लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका थिए ।

यो पनि :

कमेन्टेटर तिमल्सिनाले भने – ‘नेपाल टि२० मा मिलेमतो थियो’

‘क्रिसमसमा परिवारबाट टाढा आयौं, तर अहिलेसम्म पैसा पाएको छैन’

‘खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको थियो, रिपोर्ट गर्यौं’– ज्ञानेन्द्र मल्ल

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.