default_image

2 years ago

January 5, 2023

म्याथ्युको शतकमा बिग ब्यासमा एडिलेडको कीर्तिमानी जित

125 views

0 Bookmark

एजेन्सी – कप्तान म्याथ्यु शर्टको सानदार शतकमा एडिलेड स्ट्राइकर्सले बिग ब्यास लिगमा होबार्ट हरिकेन्समाथि ७ विकेटको कीर्तिमानी जित हात पारेको छ । जितको लागि २ सय ३० रनको विशाल विजयी लक्ष्य पछ्याएको एडिलेडले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

एडिलेडको जितमा कप्तान म्याथ्यु शर्ट ५९ बलमा ८ चौका र ३ छक्कासहित एक सय रनमा अविजित रहे । यो बिग ब्यास लिग इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा भएको पहिलो पटक हो ।

यसअघि बिग ब्यासमा सर्वाधिक ठूलो रन पूरा २०१७ मा होबार्ट हरिकेन्सले मेलबर्न रेनेगर्ड्सविरुद्ध २ सय २३ रन ८ विकेट गुमाउँदै पूरा गरेको थियो । क्रिस लिन २९ बलमा ६ चौका र ४ छक्कासहित ६४ रनमा आउट भए । एडम होसले २२ बलमा १ चौका र ४ छक्कासहित ३८ रन जोडे ।

एडिलेडलाई अन्तिम ओभरमा जितको लागि १२ रन चाहिँएको थियो । फहिम अशरफलाई दोस्रो र तेस्रो बलमा लगातार चौका हान्दै शर्टले जित दिलाए । होबार्टका प्याट्रिक डुलीले दुई र टिम डेविडले एक विकेट लिए ।

त्यसअघि एडिलेड ओभरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको होबार्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २९ रन बनायो । होबार्टका ज्याक क्रली २८ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा अविजित रहे । टिम डेविड २० बलमा २ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे ।

कालेब ज्वेल २५ बलमा ७ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । बेन म्याकडेरमोट ३० बलमा ३ चौका र ४ छक्कासहित ५७ रन र म्याथ्यु वेड ९ रनमा आउट भए । एडिलेडका कोलिन डि ग्राउन्डहोमले सर्वाधिक दुई विकेट लिए ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.