default_image

1 year ago

January 12, 2023

राहुलको अर्धशतकमा भारतको जित

एजेन्सी – विकेटकिपर लोकेश राहुलको संयमित अर्धशतकमा भारतले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ । योसँगै घरेलु टोली भारतले श्रीलंकासँग तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लोकेश राहुलले १ सय […]

86 views

0 Bookmark

एजेन्सी – विकेटकिपर लोकेश राहुलको संयमित अर्धशतकमा भारतले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ । योसँगै घरेलु टोली भारतले श्रीलंकासँग तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ ।

जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लोकेश राहुलले १ सय ३ बलमा ६ चौकासहित ६४ रनको संयमित अविजित विजयी इनिङ खेले । हार्दिक पान्ड्या ५३ बलमा ४ चौकासहित ३६, अक्षर पटेल २१ र विराट कोहली ४ रनमा आउट भए ।

पाँचौं विकेटका लागि राहुल र पान्ड्याले ७५ रनको महत्वूर्ण साझेदारी गरे । ओपनर रोहित शर्मा १७, शुभमन गिल २१ र श्रेयस ऐर २८ रनमा आउट भए । श्रीलंका लाहिरु कुमारा र चामिका करुणारत्नेले दुई दुई विकेट लिए । कसुन रजिथा र धनन्जय डि सिल्भाले एक एक विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ३९.४ ओभरमा २ सय १५ रनमा अल आउट भयो । डेब्यू खेल खेलेका नुवानिदु फ्रेनान्डोले ६३ बलमा ६ चौकासहित सर्वाधिक ५० रन बनाए ।

कुशल मेन्डिस ३४ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । कुशल आउट हुँदा श्रीलंका १७ ओभरमा १०२-२ को मजबुत अवस्थामा थियो । तर त्यसपछि भने लगातार विकेट गुमायो ।

ओपनर अविष्का फ्रेनान्डो २०, धनन्जय डि सिल्भा डक, चरिथ असलंका १५, दासुन शानका २ र वानिन्दु हसरंगा २१ रनमा आउट भए । युवा ब्याटर दुनिथ वेलालेज ३४ बलमा ३ चौका र १ छक्कासहित ३२, चामिका करुणारत्ने र कसुन रजिथालो १७–१७ रन बनाए ।

भारतका कुलदीप यादवले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ५.४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । उमरान मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । भारत पहिलो खेलमा ६७ रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

Success

Thank you for your time.