default_image

1 year ago

January 13, 2023

सन्दीप राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न पाउछन् ?

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । सन्दीप माथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । अदालतले यथाशिघ्र सन्दीपको राहादानी रोक्का गर्न गृह मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिएको छ । यदि सन्दीप काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने समेत जनाएको छ । काठमाडौं छाड्ने र फर्किने मितिसँगै त्यो स्थानमा रहने नाम समेत जनाउनु पर्ने हुन्छ ।

सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीको कप्तानबाट सन्दीपलाई भदौं २३ मा निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला समेत गरेको छैन । यो अवस्थामा सन्दीप क्रिकेट खेल्न पाउँछन् वा पाउँदैनन् स्पष्ट छैन । क्यानले कुनै कानुनी अड्चन नआएको खण्डमा सन्दीपलाई खेलाउने सोच बनाएको छ । तर, उनले खेल्न पाउने नपाउने विषयमा क्यान आफै निर्णय लिन सक्ने अवस्थामा पुगिसकेको छैन ।

‘उच्च अदालतको आदेशमा खेल्न पाउने वा नपाउने विषयमा बोलेको छैन । सन्दीपले खेल्न पाउन भन्ने सदासयता हाम्रो हो’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ”तर हामीले यो विषयमा आदेशका बारेमा कानुन व्यवसायीसँग छलफल गर्छौ । उच्च अदालतले सन्दीपका विषयमा दिएको आदेशको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई पत्र नै पठाएर परामर्श लिन्छौं र अर्को अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेरेरमा उनका बारेमा निर्णय लिन्छौं ।”

तर केहि कानुन व्यवसायी भने सन्दीपले तत्काल खेल्न नपाउने बताउँछन् । ‘अदालतमा विचाराधिन गम्भीर फैजदारी अभियोग लागेको खेलाडीले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्न पाउँदैन’, एक कानुन व्यवसाहिले भने ।

उच्च अदालतको फैसला सन्दीप धरौटीमा छुट्न पाउने वा नपाउने भन्ने हो । सन्दीप दोषी हुन् वा होइन् भन्ने अन्तिम निर्णय भने होईन । सन्दीप दोषी हुन् वा होईन् त्यो भने जिल्ला अदालत काठमाडौंले फैसला गर्नेछ । सन्दीप विदेश जान पाउँदैनन् । स्वदेशमा हुने प्रतियोगिता खेल्न पाउने वा नपाउने भन्ने मात्रै अन्योल देखिएको हो ।

केन्या जानुअघिल्लो दिन भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मासमर्पण गरेका थिए ।

कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । सन्दीपले पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । वीरगन्जको नारायणी अस्पतालले किशोरी नाबालिग नरहेको प्रमाण पठाएको थियो ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.