default_image

1 year ago

January 13, 2023

सबनमको घातक बलिङमा प्रदेश एकको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर सबनम राईको घातक बलिङमा प्रदेश एकले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगितामा मधेश प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ५० रनको सामान्य विजयी लक्ष्य पछ्याएको प्रदेश एकले ११.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश एककी कप्तान रुविना क्षेत्री बेलबासे २७ बलमा […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर सबनम राईको घातक बलिङमा प्रदेश एकले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगितामा मधेश प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि ५० रनको सामान्य विजयी लक्ष्य पछ्याएको प्रदेश एकले ११.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश एककी कप्तान रुविना क्षेत्री बेलबासे २७ बलमा २ चौकासहित २० रनमा अविजित रहिन् । अर्की ओपनर काजल श्रेष्ठ ४२ बलमा ४ चौकासहित २४ रनमा आउट भइन् । काजल रन आउट भएकी थिइन् ।

त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश १९.२ ओभरमा ४९ रनमा अल आउट भयो । मधेशकी सरस्वती कुमारी चौधरीले २८ बलमा २ चौकासहित सर्वाधिक १२ रन बनाइन् । खराब ब्याटिङ गर्नेक्रममा मधेशका १० खेलाडीले खाता खोल्न सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् ।

प्रदेश एककी सबनम राईले ४ ओभरमा ३ मेडनसहित १ रन खर्चेर ४ विकेट लिइन् । निशा शाहले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले दुई, एलिसा खडिया र ज्योति दनवारले एक एक विकेट लिए ।

७ प्रदेश र नेपाल एपिएफ क्लब गरि कुल ८ टोली प्रतियोगितामा सहभागी छन् । जसमा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश छन् । समूह बी मा प्रदेश एक, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ६ र फाइनल माघ ७ मा हुनेछ ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.