default_image

1 year ago

January 13, 2023

कविताकाे उत्कृष्ट प्रदर्शनमा सुदूरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ३३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जनता पार्क इटहरीमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ […]

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ३३ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जनता पार्क इटहरीमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेलिन् ।

अनुभवी खेलाडी ऋतु कनोजिया २१ बलमा ४ चौकासहित २७ रनमा अविजित रहिन् । कप्तान विन्दु रावल र सम्झना खड्का १०-१० रनमा आउट भए । रुवि पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए ।

बागमतीकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यशु पाण्डे, खुशी डंगेला र मनिषा उपाध्यले एक एक विकेट लिए ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो । बागमती कन्चन श्रेष्ठ २१ बलमा १ चौकासहित सर्वाधिक १६ रन बनाइन् । ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुशी डंगोलले १४ रन बनाइन् ।

सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनिषा उपाध्यले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लब गरि कुल ८ टोली सहभागी छन् । जसमा दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश छन् ।

समूह बी मा प्रदेश एक, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ६ र फाइनल माघ ७ मा हुनेछ ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

Success

Thank you for your time.