3 years ago
January 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनायो । लुम्बिनीको लागि मधु डिसीले १७ बलमा ३ चौकासहित सर्वाधिक २१ रनमा अविजित रहिन् । त्यस्तै रञ्जु श्रेष्ठ २८ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । छैटौं विकेटका लागि रञ्जु र मधुले ३५ रनको साझेदारी गरेका थिए ।
प्रमुख ब्याटर तथा ओपनर लक्ष्मी चौधरी १७ बलमा १ चौकासहित सर्वाधिक १२ रनमा आउट भइन् । आश्मा पुलामी मगर र कप्तान सरस्वती घर्तीमगर ११–११ रनमा आउट भए । सरस्वती पुन १० रनमा आउट भइन् । मधेशकी भूमि सिंहले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । कविता गौतमले एक विकेट लिइन् ।
त्यसअघि इटहरीको जनता पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो । मधेशको लागि साना प्रविनले ६४ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाइन् । रोजी कडारीले १५ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले २७ रन अतिरिक्त खर्चिएको थियो ।
लुम्बिनीको लागि मनिषा राना, सरस्वती पुन र विभस्ना बिसीले एक एक विकेट लिए । समूह ए बाट सुदूर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । एपिएफ ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रह्यो । समूह बी मा प्रदेश एक ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । मधेश ३ खेलमा २ मा जित र एक मा हासहित दोस्रो स्थानमा रह्यो ।
पहिलो सेमिफाइनल खेलमा सुदूर र मधेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल प्रदेश एक र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]