default_image

3 years ago

January 23, 2023

आदिल र महबुबलाई काठमाडौं ल्याइँदै

307 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका युवा अलराउन्डर मोहम्मद आदिल आलम र पूर्व खेलाडी महबुब आलमलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोमबार बिहान आदिल र महबुबलाई पक्राउ गरेको थियो ।

मेहबुब मोरङ र आदिललाई सप्तरी प्रहरीले प्रकाउ गरेको हो । यी दुबै क्रिकेटरलाई हिरासतमा राखिएको छ । स्रोतका अनुसार सिआईबीको आग्रहमा काठमाडौं पठाउन लागिएको बुझिएको छ । आदिल अन्सारीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । खेलको दौरानमा आदिलले फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो ।

आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि शंका बढ्दै गएको थियो । एन्टी करप्सन युनिट (एसियु) ले उनीसँग त्यसपछि सोधपुछ गरेको थियो । शंका बढ्दै गएपछि आदिलले बाँकी खेल भने खेलेका थिएनन् । आदिलले नेपाल टि२० लिगमा जनकपुरबाट ८ खेल खेलेका थिए ।

महबुब आलम भने स्पोट फिक्सिङको लागि बाहिरबाट भूमि खेलेको बताइदै आएको थियो । उनी कुनैपनि टोलीमा आबद्ध भने थिएनन् । गत पुष १९ मा नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पोट फिक्सिङ बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको थियो । सिआईबीले केहि क्रिकेटर र क्यानका पदाधिकारीसँग बयान समेत लिएको थियो । स्रोतका अनुसार केहि थप नेपाली क्रिकेटर पनि प्रकाउ पर्ने सम्भावना छ ।

अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका थिए । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको बताएका थिए ।

आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् । आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । आदिललाई नेपाली क्रिकेट टोलीका भविष्यको रुपमा हेरिदै आएको थियो ।

महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सिमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल टि २० लिग पुष ९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । पहिलो पटक आफैले आयोजना गरेको नेपाल टि २० लिगका लागि क्यानले सेभन थ्री स्पोर्टससँग कर्मसियल एन्ड स्ट्र्याटिजिक पार्टरका रुपमा सम्झौता गरेको थियो । तर सेभेन थ्रिका संस्थापक जतिन र सिइओ अभिषेक नेपाल टि२० लिगको बीचमै भारत गएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.