एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पाकिस्तानी बाबर आजमको कप्तानीमा पुरुष ओडिआई टिम अफ द इयर २०२२ घोषणा गरेको छ । बाबर कप्तान हुँदा भारतका विराट कोहली भने टिममै पर्न सकेनन् ।

बाबरले २०२२ मा ओडिआईमा सानदार प्रदर्शन गरे । २८ वर्षीय बाबरले ९ ओडिआई खेलमा ६ सय ७९ रन बनाएका थिए । बाबरले लगातार तीन ओडिआई शतक हानेका थिए । तीन शतक र पाँँच अर्धशतक हानेका थिए । ओडिआई बरियतामा पनि शीर्ष स्थानमा रहेका थिए ।
विराट कोहली भने आइसिसीको २०२२ को ओडिआई टोलीमा पर्न सकेनन् । भारतबाट श्रेयस ऐर र मोहम्मद शिराज परेका छन् । कोहलीले २०२२ मा ११ ओडिआई खेलमा १ शतक र दुई अर्धशतकसहित कुल ३ सय २ रन बनाएका थिए । आइसिसीको टि२० आई २०२२ टोलीमा विराट कोहली पर्दा बाबर भने थिएनन् ।
रोहित शर्मा, लोकेश राहुल, स्टिभ स्मिथ, डेविड वार्नर, जस बटलर, जस्प्रित बुमराह, राशिद खान लगायतका खेलाडी पनि टोलीमा छैनन् ।
आइसिसी पुरुष ओडिआई टिम अफ दि इयर २०२२ को टोलीः
बाबर आजम (कप्तान), ट्रविस हेड, शाई होप, श्रेयस ऐर, टम लाथम (विकेटकिपर), सिकन्दर राजा, मेहेदी हसन मिराज, अल्जारी जोशेफ, मोहम्मद शिराज, ट्रेन्ट बोल्ट र एडम जाम्पा ।
आइसिसी पुरुष टि२० आई टिम अफ दी इयर २०२२ :
जस बटलर (कप्तान तथा विकेटकिपर), मोहम्मद रिजवान, विराट कोहली, सूर्यकुमार यादव, ग्लेन फिलिप्स, सिकन्दर राजा, हार्दिक पान्ड्या, साम करन, वानिन्दु हसरंगा, हरिस रौफ र जोश लिटिल ।