default_image

1 year ago

January 26, 2023

बाबरलाई आइसिसीको सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पाकिस्तानका कप्तान बाबर आजमलाई सर गारफिल्ड सोबर्स ट्रफी फर द आइसिसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन आइसिसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । गतवर्ष पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यस अवार्ड जितेका थिए । यस अवार्डका बाबर आजमसँगै इंग्ल्यान्डका बेन […]

177 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पाकिस्तानका कप्तान बाबर आजमलाई सर गारफिल्ड सोबर्स ट्रफी फर द आइसिसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन आइसिसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो ।

गतवर्ष पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यस अवार्ड जितेका थिए । यस अवार्डका बाबर आजमसँगै इंग्ल्यान्डका बेन स्टोक्स, जिम्बावेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी थिए । अन्य तीन विश्व स्टारलाई पछि पार्दै बाबरले उक्त अवार्ड जितेका हुन् । यस अवार्ड जित्ने पाकिस्तानको दोस्रो खेलाडी मात्रै हुन् ।

बाबरले २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा २ हजार ५ सय ९८ रन बनाएका थिए । ८ शतक र १५ अर्धशतक सामेल थियो । टि२०, ओडिआई र टेस्टमा गरि २ हजारमाथि रन बनाउने बाबर यस वर्ष प्रमुख खेलाडी हुन् । बाबरको उत्कृष्ट कप्तानीको सहयोगमा पाकिस्तानले २०२२ को टि२० विश्वकप फाइनल सम्म यात्रा तय गरेको थियो ।

गत मार्चमा अष्ट्रेलियाविरुद्ध दोस्रो टेस्ट खेल ड्र गर्न बाबरले दोस्रो इनिङमा ४ सय २५ बल खेल्दै १ सय ९६ रनको इनिङखेलेका थिए । पाकिस्तान पहिलो इनिङमा १ सय ४८ रनमा अल आउट भएपछि ४ सय ८ रनले पछि परेको थियो । त्यस्तै बाबर आजमले २०२२ को ओडिआई क्रिकेटर अफ दी इयरको अवार्ड पनि जितेका छन् । टेस्ट टिम अफ दी इयर पनि परेका छन् ।

बाबरले २०२२ मा ओडिआईमा सानदार प्रदर्शन गरे । २८ वर्षीय बाबरले ९ ओडिआई खेलमा ६ सय ७९ रन बनाएका थिए । बाबरले लगातार तीन ओडिआई शतक हानेका थिए । तीन शतक र पाँँच अर्धशतक हानेका थिए । ओडिआई बरियतामा पनि शीर्ष स्थानमा रहेका थिए । बाबर ओडिआई टिम अफ दी इयरको टोलीको कप्तान समेत हुन् ।

भारतीय क्रिकेटर सूर्यकुमार यादवले पुरुष टि२० आई क्रिकेटर अफ दी अवार्ड जितेका छन् । इमर्जिङ क्रिकेटरको अवार्ड दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले जितेका छन् । इंग्ल्यान्डका बेन स्टोक्सले टेस्ट क्रिकेटर अफ दी इयर अवार्ड जितेका छन् । एसोसियट क्रिकेटर २०२२ को अवार्ड नामिबियाका कप्तान जेरार्ड इरास्मसले जितेका छन् ।

April 28, 2024

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ । नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । […]

April 28, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको हो । आजको खेलमा टोलीमा परिवर्तन […]

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

Success

Thank you for your time.