default_image

1 year ago

January 27, 2023

न्युजिल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकपको फाइनलमा

एजेन्सी – भारतले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पहिलो पटक भएको यू-१९ महिला विश्वकप फाइनलमा पुग्ने भारत पहिलो टोली हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा […]

104 views

0 Bookmark

एजेन्सी – भारतले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ महिला विश्वकपको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पहिलो पटक भएको यू-१९ महिला विश्वकप फाइनलमा पुग्ने भारत पहिलो टोली हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा ओपनर श्रेता सेहरावतले ४५ बलमा १० चौकासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलिन् । कप्तान शफाली बर्मा १० र सौम्या तिवारी २२ रनमा आउट भइन् । न्युजिल्यान्डकी अन्ना ब्राउनिङ ३.२ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन बनायो । न्युजिल्यान्डकी जर्जिया प्लिमरले ३२ बलमा २ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।

इसाबेला गेज २६ रन बनाइन् । भारतकी पाश्रवी चोपडाले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिइन् । दोस्रो सेमिफाइनल खेलमा आज नै इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

April 27, 2024

कप्तान रोहितको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा […]

April 27, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले पहिलो टि२० खेलमा जितको लागि २ सय ५ रनको बलियो लक्ष्य दिएको छ । नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ […]

Success

Thank you for your time.