3 years ago
February 7, 2023
एजेन्सी – भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो खेल विहीबार देखि नागपुरमा सुरु हुँदैछ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्न घरेलु टोली भारतलाई चार मध्य तीन खेल जित्नुपर्ने हुन्छ । भारतले नागपुरमा हुने टेस्ट खेलमा आफ्ना चार स्पिनर मैदान उतार्ने योजनामा बनाएको इन्डियन एक्सप्रेसले जनाएको छ।

भारतले चार स्पिनर रविन्द्र जडेजा, रविन्द्रन आश्विन, कुलदीप यादव र अक्षर अपेटललाई प्लेइङ–११ मा खेलाउने योजना बनाएको बुझिएको छ । जडेजा अन्तिम पटक २०२० जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।
त्यसपछि चोटका कारण मैदान बाहिर भएका जडेजा रणजी ट्रफीमा सानदार प्रदर्शनपछि सिनियर टोलीमा फर्किएका हुन् । रविचन्द्रन आश्विन नियमित टोलीका सदस्य हुन् । जडेजा घाइते भएपछि अक्षर पटेलले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।
चाइनाम्यान कुलदीप यादवले गत डिसेम्बरमा बंगलादेशविरुद्ध दुई इनिङमा ८ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । अष्ट्रेलिया ब्याटरलाई स्पिन खेल्न सहज भने हुनेछैन । घरेलु टोली भारत त्यसको फाइदा उठाउने योजनामा रहेको देखिन्छ ।

‘हामी हाम्रो फाइदा अत्याधिक उठाउन चाहन्छौं । टर्नरहरु तयार पार्न चाहन्छौं । स्पिनर हाम्रो सबैभन्दा बलियो हतियार हुन् । उनीहरुलाई बलिङ गर्न र विकेट लिने उत्कृष्ट वातावरण दिनुपर्छ’, भारतीय टिम स्रोतले इन्डियन एक्सप्रेसलाई भनेको छ ।
‘पक्कैपनि हामीले प्लेइङ ११ खेल अघि विकेट हेरेपछि निर्णय लिनेछौं । तर चार स्पिनर हाम्रो योजनामा छन् । हामीसँग चार स्तरिय स्पिनर छन्’, स्रोतले भनेको छ ।
अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने अनौपचारिक रुपमा पक्का भएको छ । चार मध्य एक खेल जितेको खण्डमा औपचारिक रुपमा फाइनलमा पुग्नेछ । अष्ट्रेलिया १५ खेलमा १० मा जित र १ मा हारसहित ७५.५६ जित प्रतिशतकका साथ शीर्षस्थानमा छ ।
भारत १४ खेलमा ८ मा जित र ४ मा हारसहित ५८.९३ जित प्रतिशतका साथ दोस्रो स्थानमा छ । २०२१ को टेस्ट च्याम्पियनसिप फाइनलमा भारत न्युजिल्यान्डसँगा ८ विकेटले पराजित भएको थियो । भारत यस पटक फाइनल खेल्न तीन खेल जित्नुपर्ने हुन्छ । अन्यथा श्रीलंका वा दक्षिण अफ्रिका मध्य एक टोली फाइनल खेल्नेछन् ।

श्रीलंका १० खेलमा ५ मा जित र ४ मा हारसहित ५३.३३ जित प्रतिशतका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका १३ खेलमा ६ मा जित र ६ मा हारसहित ४८.७२ जित प्रतिशतका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिकाले वेस्टइन्डिजसँग दुई टेस्ट खेल खेल्न बाँकी छ । श्रीलंकाले न्युजिल्यान्डसँग दुई टेस्ट खेल खेल्नेछ ।
तर भारतलाई विश्व क्रिकेटको शक्तिशाली देश अष्ट्रेलियालाई चार मध्य तीन खेलमा हराउन भने कठिन पर्ने देखिन्छ । अष्ट्रेलियाका स्टिभ स्मिथ, मार्नस लाबुसेन, ट्रविस हेड र उस्मान खवाजाले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । डेविड वार्नर र क्यामरन ग्रिनले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । नाथन लायन, मिचेल स्विपसन, र एश्टन अगर स्पिनरको रुपमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]