default_image

3 years ago

February 7, 2023

नेपालका पाँच खेलाडी डब्लुपिएल अक्सनमा

690 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा नेपालका पाँच खेलाडीले नाम दर्ता गराएका छन् ।

अर्को साता फेब्रुअरी १३ मा हुने अक्सनमा नेपालबाट पाँच खेलाडीको नाम दर्ता भएको हो । नेपालबाट कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माको नाम अक्सनमा समावेश हुनेछ ।

डब्लूपिएललमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउनेछन् । एक टोलीमा ७ विदेशी खेलाडी रहन पाउँछन् । जसमा कम्तिमा एक एसोसिएट खेलाडी हुनुपर्ने हुन्छ । प्लेइङ ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा एक एसोसियट हुनुपर्ने हुन्छ । जस कारण नेपाली खेलाडी अक्सनमार्फत अनुबन्धित हुने सम्भावना उच्च छ । १ हजार ५ सय खेलाडीले अक्सनमा नाम दर्ता गराएको बिसिसिआइले जनाएको छ ।

पाँच फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता आगमी मार्च ४ देखि २६ सम्म हुने बताइएको छ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् । इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेलाडीहरु एजेन्टमार्फत आफ्नो नाम दर्ता गराउन सक्छन् । तर डब्लूआइपिएलमा क्रिकेट संघमार्फत नै दर्ता गराउनु पर्ने नियम छ । नेपालबाट अक्सनमा नाम दिने पाँच खेलाडीको जानकारी :

५. रुविना क्षेत्री (अलराउन्डर)

नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले घरेलु र राष्ट्रिय दुबै प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । एक दशक भन्दा लामो समयदेखि नेपालबाट खेल्दै आएकी रुविना शीर्ष र मध्यक्रम दुबैमा ब्याटिङ गर्ने गर्दछिन् । पहिला मध्यगतिमा बलिङ गर्ने उनले पछिल्लो समय स्पिन गर्ने गर्दछिन् ।

रुविनाले ३२ डब्लटि२० आईमा ३ सय ५९ रन बनाउनुको साथै २३ विकेट लिएकी छिन् । रुविना नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन् । रुविनाले २००९ मा सिंगापुरविरुद्ध पाँच बलमा पाँच विकेट लिँदै विश्व कीर्तिमाान कामय गरेकी थिइन् । २०१९ मा डब्लटि२० आईमा कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । विदेशी लिगको रुपमा रुविनाले गतवर्ष फेयर ब्रेक टि२० प्रतियोगिा ब्यार्मी आर्मीबाट खेलेकी थिइन् ।

४.सीता रानामगर (अलराउन्डर)

बायाँ हाते अलराउन्डर सीता रानमगर नेपाली क्रिकेट टोलीकी एक सर्वाधिक सफल क्रिकेटर हुन् । सीता नेपालबाट अन्तर्राष्ट्रय कुनैपनि क्रिकेट प्रतियोगितामा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

सीताले ओपनिङ ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछिन् । सीताले ३० डब्लटि२० आई खेलमा ५ सय ७ रन बनाउनुको साथै ३१ विकेट लिएकी छिन् । उनी नेपालबाट डब्ल टि२० आईमा सर्वाधिक रन बनाउने र विकेट लिने बलर समेत हुन् । सीताले २०२१ नोभेम्बरमा कतारविरुद्ध तेस्रो खेलमा ८२ रनको इनिङ खेलेकी थिइन् ।

जुन नेपालबाट महिला क्रिकेटरले बनाएको उच्च स्कोर हो । सीताले गतवर्ष फेयर ब्रेकमा टोर्नाडोस वुमेन्सबाट राम्रो प्रदर्शन गर्दै प्रतियोगिता ड्रिम टिममा परेकी थिइन् ।

३. इन्दु बर्मा (ब्याटर)

नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान इन्दु बर्माले शीर्षक्रममा ब्याटिङ गर्छिन् । इन्दु नेपालबाट डब्लटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

इन्दुले ३० डब्लटि२० आई खेलमा ३ सय ३९ रन बनाएकी छिन् । उनले कतारविरुद्ध २०२१ नोभेम्बरमा ५५ रनको इनिङ खेलेकी थिइन् । शीर्षक्रमकी भरपर्दी ब्याटर इन्दु मध्य गतिमा बलिङ पनि गर्ने गर्दछिन् ।

२. अश्मिना कर्माचार्य- बलर

तीव्र गतिकी बलर अश्मिना कर्माचार्य नेपाली महिला क्रिकेटको भविष्यको रुपमा हेरिएको छ । उनी तीव्र गतिको बलिङको लागि चर्चित छिन् । बागमती प्रदेशकी कप्तान समेत रहेकी अश्मिनाले गत वर्षदेखि नेपाली महिला टोलीबाट खेल्दै आएकी छिन् । २२ वर्षीय अश्मिनाले ७ डब्लूटि२० आईमा १० विकेट लिएकी थिइन् ।

गत जुनमा एसिसी टि२० वुमन्स च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिँदै युएईलाई ८१ रनमा अल आउट गरेपनि वर्षाको कारण खेल रद्ध हुन पुगेको थियो ।

तल्लोक्रममा अश्मिनाले राम्रो ब्याटिङको क्षमता राख्छिन् । तीव्र गतिको बलिङ उनको प्रमुख खुबी हो । युवा खेलाडीसँगै गति हुँदा उनको सम्भावना बलियो छ ।

१.कविता कुँवर (अलराउन्डर)

तीव्र गतिकी बलिङ अलराउन्डर कविता कुँवर नेपाली महिला क्रिकेटकी भविष्य हुन् । कविता तीव्रगतिसँगै राम्रो ब्याटिङ गर्ने गर्दछन् । उनको गतिको चाल पाउन विपक्षी ब्याटरलाई सहज हुँदैन । कविता ओपनिङ देखि तल्लोक्रमसम्म राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् ।

कविताले २९ डब्लूटि२० आई खेलमा २६ विकेट लिनुको साथै ३१ विकेट लिएकी थिइन् । अघिल्लो महिना प्रधानमन्त्री कपको उपाधि जिताउन सर्वोत्कृष्ट खेलाडी र ब्याटर चुनिएकी कविताले दुई अर्धशतकसहित १ सय ३४ रन बनाएकी थिइन् । कविताले २०१९ मा गण्डकी प्रदेशविरुद्ध उत्कृष्ट शतक हानेकी थिइन् । कविताको पनि अक्सनमा बिक्ने राम्रो सम्भावना छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.