default_image

3 years ago

February 7, 2023

नामिबिया र स्कटल्यान्डविरुद्ध खेलको टिकट मूल्य निर्धारण

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले अर्को साता घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने खेलको लागि टिकट मूल्य निर्धारण गरेको छ । क्यानले सामान्य टिकट मूल्य १ सय ५० रुपैयाँ राखेको छ ।

अर्को टिकट मूल्य ३ सय ५० राखेको छ । क्यानका कार्यवाहक सविच दुर्गाराज पाठकका अनुसार पेभेलिएन बक्सको साइड (काउकर्नर) क्षेत्रमा गएर बस्न चाहने दर्शकले ३ सय ५० रुपैयाँ तिनुपर्ने हुन्छ । टिकट माइपेबाट काट्न सकिनेछ । पाठकका अनुसार प्रत्यक्ष प्रसारण भने अझै टुङ्गो लागेको छैन ।

‘प्रत्यक्ष प्रसारणको लागि कुराहरु भई राखेको छ । यो हाम्रो हातमा पनि छैन । फ्यान कोडसँग किन्ने हो । फ्यान कोडबाट नेपालको प्रत्यक्ष प्रसारण कसले लिने भन्ने कुरा हो । सायद बुधबार सम्म थाहा हुन्छ होला’, पाठकले हाम्रो खेलकुदसँग भने ।

नेपालले मुख्य प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा टियु मैदानमा अभ्यास गरि रहेको छ । २८ हुँदै २० सदस्य टोली बन्द प्रशिक्षणमा रहेको छ ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालको २० सदस्य टोली :

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जि.सी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.