default_image

3 years ago

February 9, 2023

दोहोरो शतक प्रहार गर्ने दुबै ब्याटर भारतको बेन्चमा

229 views

0 Bookmark

एजेन्सी – भारतले दुई दोहोरो शतकधारी ब्याटर ईशान किशन र शुभमन गिललाई अष्ट्रेलियासँगको पहिलो टेस्ट खेलमा बेन्चमा राखेको छ । नागपुरमा भएको टसमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका छन् ।

भारतले ओडिआई क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने दुवै युवा ब्याटरलाई अष्ट्रेलियाविरुद्ध बेन्चमा राखेको छ । गिलले तीन साताअघि न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको दोहोरो शतक प्रहार गरेका थिए ।

न्युजिल्यान्डविरुद्ध अघिल्लो हप्ता तेस्रो टि२० आई खेलमा गिलले १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । गिल भारतीय टि२० आईमा ओडिआई र टि२० आई दुबैमा सबैभन्दा कम उमेरमा दोहोरो र शतक प्रहार गर्ने खेलाडी हुन् । टि२० आईमा भारतबाट एकै इनिङमा खेलेको उत्कृष्ट प्रदर्शन समेत हो ।

भारतले ओपनरको रुपमा कप्तान रोहित शर्मा र लोकेश राहुललाई मैदान उतार्ने भएको छ । राहुललाई खेलाउने भएपछि गिल बेन्चमा छन् । त्यस्तै विकेटकिपर ईशान किशन पनि बेन्चमा छन् । ईशान किशनले गत डिसेम्बरमा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

भारतले विकेटकिपरको रुपमा स्रिकर भरतलाई डेब्यू दिँदा किशनलाई बेन्चमा राखेको छ । भरतले भारत ए बाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चार टेस्ट खेलको सिरिजमा भारतलाई तीन खेल जित्नुपर्ने दबाब छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न भारतले चार मध्य तीन खेल जित्नुपर्ने हुन्छ ।

अन्यथा फाइनल दौडबाट बाहिरिनेछ । भारत बाहिरिदा दक्षिण अफ्रिका र श्रीलंका मध्य एक टोली फाइनलमा पुग्नेछन् । अष्ट्रेलियाको फाइनल यात्रा भने अनौपचरिक रुपमा पक्का भईसकेको छ । भारतले आजको खेलमा तीन स्पिनर मैदान उतारेको छ । रविन्द्र जडेजा चोटपछि टोलीमा फर्किएका छन् । जडेजा, रविचन्द्रन आश्विन र अक्षर पटेल प्लेइङ ११ मा छन् ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल, चेतेश्वर पुजारा, विराट कोहली, सूर्यकुमार यादव, स्रिकर भरत (विकेटकिपर), रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, अक्षर पटेल, मोहम्मद शामी र मोहम्मद शिराज ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.