3 years ago
February 9, 2023
एजेन्सी – चोटका कारण लामो समयपछि पूनरागमन गरेका स्पिनर रविन्द्र जडेजाको उत्कृष्ट बलिङमा भारतले पहिलो टेस्ट खेलमा अष्ट्रेलियालाई पहिलो इनिङमा १ सय ७७ रनमा अल आउट गरेको छ ।

नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । अष्ट्रेलियाका मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित सर्वाधिक ४९ रन बनाए । स्टिभ स्मिथ १ सय ७ बलमा ७ चौकासहित ३७ रनमा आउट भए ।
दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मोहम्मद शिराजले ओपनर उस्मान खवाजालाई एक रनमा बोल्ड आउट गरे । अर्को ओभरको पहिलो बलमा मोहम्मद शामीले डेविड वार्नरलाई एक रनमा बोल्ड गरेपछि २–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि मार्नस लाबुसेन र स्टिभ स्मिथले ८२ रनको साझेदारी गर्दै खेल पूनरागमन गराएका थिए । तर भोजनपछि दोस्रो सेसनमा अष्ट्रेलियाले कमजोर ब्याटिङ गर्यो ।
रविन्द्र जडेजाको बलमा लाबुसेन विकेटकिपर केएस भरतबाट स्टम्पिङ आउट भए । जडेजाले स्मिथलाई बोल्ड गरे । लगत्तै म्याट रेनेशलाई शून्यमा एलबीडब्लू आउट गरे । पिटर ह्यान्ड्सकम्ब ८४ बलमा ४ चौकासहित ३१ रनमा आउट भए ।
एलेक्स केरी ३३ बलमा ७ चौकासहित ३६ रनमा आउट भए । आश्विनले केरीलाई आउट गर्दा अष्ट्रेलिया १६२–६ को अवस्थामा पुगेको थियो । त्यसपछि लगातार विकेट गुमायो ।
भारतका रविन्द्र जडेजाले २२ ओभरमा ८ मेडनराख्दै ४७ रन खर्चेर ५ विकेट लिए । रविचन्द्रन आश्विनले तीन, मोहम्मद शामी र मोहम्मदी शिराजले एक एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]