default_image

3 years ago

February 9, 2023

सूर्य पहिलो पटक नेपाली टोलीमा

432 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबारदेखि टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि नामिबिया र स्कटल्यान्डसँग खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा बायाँ हाते स्पिनर सूर्य पहिलो पटक परेका छन् । सूर्य पहिलो पटकनै बन्द प्रशिक्षणमा परेका थिए । नेपालले तीन स्पिनरमा सूर्य, सन्दीप लामिछाने र ललितनारायण राजवंशीलाई टोलीमा राखेको छ ।

२१ वर्षीय सूर्यले दुई साताअघि नेपाल टि२० लिगमा सानदार प्रदर्शन गरेका थिए । विराटनगर सुपर किंग्सलाई फाइनलसम्म पुर्याउन सूर्यले उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी चुनिएका थिए । सूर्यले ८ खेलमा ४.३५ को इकोनीमा रन खर्चिदै १२ विकेट लिएका थिए ।

सूर्यले घरेलु क्रिकेट भने बागमती प्रदेशबाट खेल्ने गर्दछन् । नेपाली यू–१९ टोलीबाट खेलिसकेका सूर्यले प्रधानमन्त्री कपमा ५ विकेट लिएका थिए । त्यसअघिको प्रधानमन्त्री कपमा भने सूर्य नेपाल एपिएफ क्लबमा थिए । २०२० एपिएफ गएपनि त्यहाँ मौका नपाएपछि उनी पुनः बागमती फर्किएका थिए ।

स्पिनर सन्दीप लामिछाने बलात्कारको आरोप लागेपछि पहिलो पटक टोलीमा फर्किएका छन् । सन्दीपले प्लेइङ ११ मा खेल्ने पक्का हुँदा ललित र सूर्यमध्य एकले मौका पाउनेछन् ।

नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

वैकल्पिक खेलाडी :

आरिफ शेख, प्रतिश जि.सी. मौसम ढकाल र अर्जुन साउद ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.