default_image

3 years ago

February 15, 2023

२० वर्षीय पाकिस्तानी बलरको घातक बलिङ

245 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिगमा २० वर्षीय तीव्र गतिका बलर एहसानउल्लाहले मुल्तान सुल्तान्सबाट क्वेटा ग्याडियटर्सविरुद्ध घातक बलिङ गरेका छन् । उनको पाँच विकेटको सहयोगमा मुल्तानले क्वेटालाई ९ विकेटले पराजित गरेको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्वेटा १८.५ ओभरमा १ सय १० रनमा अल आउट भयो ।क्वेटाको लागि ओपनर जेसन रोयले १८ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन भए ।

२० वर्षीय एहसानउल्लाहले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्नेक्रममा ४ ओभरमा १२ रन खर्चेर १ मेडन राख्दै पाँच विकेट लिए । उनले आठौं ओभरको दोस्रो बलमा जेसन रोयलाई डेविड मिलरबाट क्याच आउट गराएका थिए ।

लगत्तै अर्को बलमा इफ्तिखर अहमदलाई शून्यमा एलबीडब्लू आउट गरे । इफ्तिखारले एक साता अघिमात्रै एक खेलमा तीव्र गतिका बलर रियाजलाई एकै ओभरमा ६ छक्का हानेका थिए । पाकिस्तानको टोलीबाट इफ्तिखारले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

१३ औं ओभरको पहिलो बलमा उमर अहमद मोहम्मद रिजावनबाट क्याच आउट भए । नसिम शाह र कप्तान शरफराज अहमदलाई बोल्ड गर्दै पाँच विकेट लिएका थिए ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मुल्तानले १३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । मुल्तानको जितमा राइली रोसोउ ४२ बलमा ९ चौका र ३ छक्कासहित ७८ रनमा अविजित रहे । मोहम्मद रिजवान ३४ बलमा २ चौकासहित २८ रनमा अविजित रहे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.