3 years ago
February 17, 2023
एजेन्सी – अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा घरेलु टोली भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीको फिरोज शाह कोटला स्टेडियममा भएको टसमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका भरपर्दा ब्याटर श्रेयस ऐर भारतको टोलीमा फर्किएका छन् । पहिलो खेलमा डेब्यू गरेका सूर्य कुमार यादवको स्थानमा श्रेयस ऐर टोलीमा फर्किएका छन् ।
अष्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन र मिचेल स्टार्क दोस्रो खेलमा पनि फिट छैनन् । अष्ट्रेलियाका ट्रविस हेड र म्याथ्यु कुलेमानलाई मौका दिएको छ । स्पिनर म्याथ्यु कुलेमानको यो टेस्ट डेब्यू खेल हो ।
भारत चार टेस्ट खेलको सिरिजमा १–० ले अघि छ । नागपुरमा पहिलो टेस्ट खेलमा भारत १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो । भारत सिरिजमा २–० को अग्रता लिन चाहन्छ ।
भारतीय कप्तान रोहित शर्माले पहिलो इनिङमा १ सय २० रनको शतकीय इनिङ खेल्दा रविन्द्र जडेजाले ७० र अक्षर पटेलले ८४ रन जोडेका थिए । भारतका चेतेश्वर पुजाराको यो १ सय औं टेस्ट खेल हुनेछ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्न बाँकी तीन मध्य दुई खेल जित्नुपर्ने हुन्छ । अष्ट्रेलिया एक खेलमा विजयी भएमा औपचारिक रुपमा फाइनल खेल्नेछ।
अष्ट्रेलियाको प्लेइङ ११ : डेविड वार्नर, उस्मान खवाजा, मार्नस लाबुसेन, स्टिभ स्मिथ, ट्रविस हेड, पिटर ह्यान्ड्स्कोब, एलेक्स केरी, प्याट कमिन्स, टोड मर्फी, नाथना लायन र म्याथु कुलेमान ।
भारतको प्लेइङ ११ : रोहित शर्मा(कप्तान), लोकेश राहुल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस ऐर, रविन्द्र जडेजा, केएस भरत, अक्षर पटेल, रविचन्द्रन आश्विन, मोहम्मद शामी र मोहम्मद शिराज ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]