default_image

3 years ago

February 17, 2023

शतक नजिक पुगेर आउट भए कुशल

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर कुशल मल्ल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध शतक नजिक पुगेर आउट भएका छन् । टियु क्रिकेट मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ ।

कुशल मल्ल ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनमा आउट भएका छन् । कुशल मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

उनको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उत्कृष्ट प्रदर्शन हो । एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रसँग ऐरीले शतकीय साझेदारी गरेका थिए । यो छैटौं विकेटका लागि दोस्रो उच्च साझेदारी हो । ओडिआईमा छैटौं विकेटका लागि उच्च साझेदारी १ सय ६ रन छ । गत जुनमा छैटौं विकेटका लागि आरिफ शेख र सोमपाल कामीले अमेरिकाविरुद्ध १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।

कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकुमेलनको बलमा आठौं ओभरको चौथो बलमा कुशल मल्ल कट एण्ड बोल्ड आउट हुनबाट बचेका थिए । कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् । २०२० मा कुशलले यसअघि डेब्यू खेलमा अमेरिकाविरुद्ध टियु क्रिकेट मैदानमै ५० रन बनाएका थिए । कुशलको यो पूनरागमन सिरिज समेत हो ।

तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेलले ८ बलमा ४ चौका हानेका थिए । ज्ञानेन्द्र मल्लले चौका हान्दै सुरुवात गरेका थिए । चौथो बलमा ज्ञानेन्द्र एज लागेर क्रसबाटै क्याच आउट भए ।

त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।

कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.