default_image

3 years ago

February 23, 2023

हैदराबादको कप्तानी माक्ररमले गर्ने

260 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका स्टार ब्याटर एडेन माक्ररमले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादको कप्तानी गर्ने भएका छन् । हैदराबादले सामाजिक सञ्जाल मार्फत माक्ररमले कप्तानी गर्ने जानकारी दिएको छ ।

माक्ररमले दक्षिण अफ्रिका एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपको टोलीको कप्तानी गर्दै उपाधि जिताएका थिए । उक्त फ्रेन्चाइज टोली हैदराबादकै थियो । एसए टि२० प्रतियोगितामा माक्ररमले सेमिफाइनलमा जोबर्ग सुपरकिंग्सविरुद्ध ५८ बलमा ६ चौका र ६ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

माक्ररम दक्षिण अफ्रिका वर्तमान समयका भरपर्दा युवा ब्याटर हुन् । टेम्बा बभुमाले दक्षिण अफ्रिका टि२० कप्तानी छाडेसँगै माक्ररम त्यसका दावेदार समेत हुन् । एडेन माक्ररम वा डेविड मिलर मध्य एकले टि२० कप्तानी पाउने सम्भावना छ ।

यता हैदराबादले पूर्व कप्तान केन विलियम्सनलाई टोलीबाट फुकुवा गरेको थियो । अक्सनमा कप्तानको लागि बेन स्टोक्सलाई किन्न सक्ने अनुमान गरिएको थियो । तर स्टोक्सलाई चेन्नइ सुपर किंग्सले किनेको थियो । माक्ररम, भुवनेश्वर कुमार र मयंक अग्रवाल कप्तानको दावेदार थिए ।

हैदराबादले २०१६ मा बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो । डेविड वार्नरको कप्तानीमा रहेको हैदराबादले त्यसपछि २०१८ मा फाइनल खेलेको थियो । २०१८ को फाइनलमा भने हैदराबाद चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएको थियो ।

२०१८ मा हैदराबादको कप्तानी केन विलियम्सनले गरेका थिए । त्यसपछि हैदराबाद फाइनलमा पुगेको छैन । यस पटकको आइपिएलमा ३१ मार्चदेखि सुरु हुनेछ । कुल १० टोली सहभागी प्रतियोगितामा हरेक टोलीले ७ घरेलु र ७ अवे मैदानमा खेल्नेछन् । लिगका कुल ७० खेल भारतका १२ स्थानमा ५२ दिनसम्म चल्नेछ । हैदराबादले अप्रिल २ मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

मध्य र शीर्षक्रमका भरपर्दा ब्याटर माक्ररमले ३१ टि२० आई खेलमा ९ अर्धशतकसहित कुल ८ सय ७९ रन बनाएका छन् । हैदराबादमा माक्ररमसँगै राहुल त्रिपाठी, ह्यारी ब्रुक र ग्लेन फिलिप्स जस्ता ब्याटर टोलीमा छन् ।

हैदराबादको टोली :

ह्यारी ब्रुक, वासिन्टन सुन्दर, राहुल त्रिपाठी, मयंक अग्रवाल, अभिषेश शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, मार्को यानसन, कार्तिक त्यागी, अब्दुल शर्मा, उमरान मलिक, टि नटराजन, विवरांत शर्मा, एडेन माक्ररम, आदिल राशिद, मयंक डागर, ग्लेन फिलिप्स, अकिल हुसैन, मयंक मारकान्डे, फजलहक फारुकी, उपेन्द्र यादव, सनविर सिंह, नितेश कुमार रेड्डी, अनोमलप्रीत सिंह र सामर्थ ब्यास ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.