default_image

1 year ago

March 4, 2023

नेपाललाई विश्वकपमा पुर्याउन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी

दुबई (हाम्रो खेलकुद)– नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा स्थान बनायो। बिहीबार निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको लागि स्थान पक्का गरेको गरेको थियो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ८५ रनमा अल आउट भयो […]

90 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद)– नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा स्थान बनायो। बिहीबार निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको लागि स्थान पक्का गरेको गरेको थियो ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ८५ रनमा अल आउट भयो । स्पिनर दीपेश कँडेलले ४८ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका थिए । अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा हातमा तीन विकेट थियो । अन्तिम तीन बलमा लगातार विकेटका साथ जित पक्का गराएका थिए ।

त्यसअघि आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए ।

क्रिकेटमा जितको लागि सबै खेलाडीको प्रदर्शन र योगदान चाहिन्छ । नेपाललाई च्याम्पियन बनाउन सबै खेलाडीको योगदान छ । तर त्यसमध्य पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी यस प्रकार छन् ।

५.विशाल विक्रम केसी – अलराउन्डर

युवा अलराउन्डर विशाल विक्रम केसीले नेपाललाई च्याम्पियन बनाउन मध्यक्रममा राम्रो प्रदर्शन गरे । नेपालको मध्यक्रम ब्याटिङ उनले सम्हाल्लेका थिए । विशालको ब्याटिङसँगै फिल्डिङ पनि उत्कृष्ट रह्यो ।

विशालले ५ खेलमा १ अर्धशतकसहित १३ चौका र २ छक्कासहित कुल १ सय २४ रन बनाए । पहिलो खेलमा विशालले सिंगापुरविरुद्ध ६३ रन बनाएका थिए । फाइनलमा महत्वपूर्ण ३८ रन जोडेका थिए । फाइनलमा भने अम्पायरको गलत निर्णयको कारण आउन हुन पुगेका थिए ।

४.हेमन्त धामी– बलर

तीव्र गतिका बलर हेमन्त धामीले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरे । धामीले पाँच खेलमा ९ विकेट लिए । उनले लिएका सवै विकेट निकै महत्वपूर्ण थिए । फाइनलमा खेललाई नेपालको पक्षमा मोड्न युएईका अर्धशतक बनाएका इथान कार्ल डी सोल्जालाई बोल्ड गरेका थिए ।

हेमन्तले सुरुवातमा शीर्षक्रमका ब्याटरको विकेट लिँदै स्पिनरलाई सहज वातावरण निर्माण गरेका थिए । फाइनलमा उनले एक छक्का र चौकासहित महत्वपूर्ण १३ रन जोडेका थिए । हेमन्तले पावर प्लेमा राम्रो बलिङ गरे । हङकङलाई ९ विकेटले हराउँदा हेमन्तले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

३.अर्जुन कुमाल – ब्याटर

नेपाली ब्याटिङको भविष्य मानिएका अर्जुनले पुन सानदार प्रदर्शन गरे । अर्जुनले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । यू१९ विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गरे ।

दुर्भाग्य अर्जुन फाइनलमा तीन रनमा आउट हुन पुगे । तर प्रतियोगिता सानदार रह्यो । अर्जुन यस प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी थिए । १७ वर्षीय अर्जुनले कुवेतविरुद्ध १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । अर्जुनले यस प्रतियोगितामा ५ खेलमा २१ चौकासहित कुल १ सय ८५ रन बनाउँदै सर्वाधिक रन जोड्ने सूचिमा छैटौं स्थानमा रहे ।

२. देव खनाल – ब्याटर तथा कप्तान

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालको प्रदर्शन निकै महत्वपूर्ण रह्यो । देवको ब्याटिङ, कप्तानी र फिल्डिङको उत्कृष्ट सहयोगमा नेपाल च्याम्पियन बन्दै विश्वकपमा पुग्यो ।

देवले ५ खेलमा १ शतक र १ अर्धशतकसहित कुल १ सय ९७ रन बनाए । कुवेतलाई हराउन देवले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । तर त्यो शतक भन्दा पनि अझ उत्कृष्ट उनले फाइनलमा युएईविरुद्ध १९–३ को अवस्थाबाट ५१ रन जोडेका थिए ।

फाइनलमा उनले खेलेको इनिङ करिअरको सबैभन्दा उत्कृष्ट थियो । देवको कप्तानी र फिल्डिङ पनि त्यतिनै राम्रो रह्यो । प्रतियोगिताभर अनुभवको फाइदा उठाउँदै कप्तानी प्रदर्शनका साथ विश्वकप सपना पूरा गरे ।

१.दीपेश काँडेल– स्पिनर

स्पिनर दीपेश कँडेल यस प्रतियोगिता सुपर हिरो नै बने । जसले हारेको खेल नै जिताए । फाइनलमा युएईलाई मात्रै जितको लागि ८ रन चाहिँदा ४८ औं ओभरमा लगातार तीन विकेट लिँदै विश्वकपमा पुर्याएका हुन् । उनले प्रतियोगिताभर सानदार प्रदर्शन गरे । दुई प्लेयर अफ द म्याच जित्ने यस प्रतियोगिता एक्लो नेपाली खेलाडी बने ।

नेपालले पहिलो खेलमा दीपेशलाई सिंगापुरविरुद्ध विश्राम दिएको थियो । त्यसपछि उनले नियमित खेल्दै उच्च प्रदर्शन गरे । दीपेशले ४ खेलमा १२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा रहे ।

दीपेशले फाइनलमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । त्यसअघि मलेसियाविरुद्ध खेलमा उनले १० ओभरमा ५३ बल डट राख्दै ४ विकेट लिएर प्लेयर अफ द म्याच चुनिएका थिए ।

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

April 28, 2024

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ । नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । […]

April 28, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको हो । आजको खेलमा टोलीमा परिवर्तन […]

Success

Thank you for your time.