3 years ago
March 4, 2023
एजेन्सी – भारतीय क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा मुम्बई इन्डियन्स वुमन्स टोलीले उद्धघाटन खेलमा गुजरात जायन्ट्स वुमन्सलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरात १५.१ ओभरमा ६४ रनमा अल आउट भयो । गुजरातको लागि दयालन हेमलताले २३ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाइन् । मोनिका पटेलले १० रन जोडिन् ।
अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान बेथ मुनीसहित चार खेलाडीले खाता खोल्न सकेनन् ।
मुम्बईकी साइका इशाकले ३.१ ओभरमा ११ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । नाट स्काभर ब्रन्ट र अमेलिया केरले दुई दुई विकेट लिए ।
त्यसअघि डिवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७ रन बनायो । मुम्बईको लागि कप्तान हरमनप्रीत कौरले ३० बलमा १४ चौकासहित सर्वाधिक ६५ रनको इनिङ खेलिन् ।
अमेलिया केर २४ बलमा ६ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहिन् ।
शीर्षक्रमकी ब्याटर हेली म्याथ्युज ३१ बलमा ३ चौका र ४ छक्कासहित ४७ रनमा आउट भइन् । गुजरातकी स्नेहा रानाले सर्वाधिक दुई विकेट लिइन् । प्रतियोगितामा पाँच फ्रेन्चाइज टोलीको सहभागीता छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]