default_image

1 year ago

March 6, 2023

अव दुई खेल जिते नेपालको ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान टियुमा चार मध्य दुई खेल जिते ओडिआई मान्यता सोझै बच्ने भएको छ । नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ। नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ […]

178 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान टियुमा चार मध्य दुई खेल जिते ओडिआई मान्यता सोझै बच्ने भएको छ । नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले बाँकी चार खेल जित्दा टोलीको कुल ४० अंक हुनेछ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा अन्त्य गर्नेछ ।

स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको हो । अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा अन्त्य गर्नेछ । नामिबियाको सबैभन्दा उच्च सम्भावना छ । नेपाल र युएई अव बाँकी एक खेलमा हार्दा शीर्ष तीन दौडबाट बाहिरिनेछन् ।

नेपालले घरेलु मैदानमा दुई साताअघि नामिबिया र स्कटल्यान्डसँग चारै खेल जितेको थियो । बिहीबार देखि नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज टियुमा हुनेछ । नेपालको लक्ष्य सबै खेल जित्दै सोझै विश्वकप छनोट र ओडिआई मान्यता प्राप्त हुनेछ ।

यदि नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटको लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार, क्यानडा र जर्सी हुनेछन् ।

जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । लिग २ मा शीर्ष पाँचमा पर्न नसके ओडिआई मान्यता जोगाउन नेपालले प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

April 28, 2024

नेपाललाई वेस्ट इन्डिज ‘ए’ को मध्यम लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ ।  वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित […]

April 28, 2024

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ । नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । […]

Success

Thank you for your time.