default_image

1 year ago

March 16, 2023

नेपालको खराब ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ सुरुवात गरेको छ। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको छ । कुशल भुर्तेल २२ बलमा २ चौका र १ छक्कासहित […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ सुरुवात गरेको छ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको छ । कुशल भुर्तेल २२ बलमा २ चौका र १ छक्कासहित १६ र भीम सार्की ८ रनमा क्रिजमा छन् ।

ओपनर आसिफ शेख तेस्रो बलमै अश्वन्त वल्थापाबाट स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए ।

चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए ।

छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.