default_image

1 year ago

March 16, 2023

आरिफको अर्धशतकसँगै नेपालको जितको सम्भावना बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३८.४ ओभरमा ५ विकेट गुमाउँदै २ सय २४ रन बनाएको छ ।आरिफ शेख ६० बलमा २ चौकासहित ५१ रनमा […]

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३८.४ ओभरमा ५ विकेट गुमाउँदै २ सय २४ रन बनाएको छ ।आरिफ शेख ६० बलमा २ चौकासहित ५१ रनमा क्रिजमा छन् । गुलशन झा २९ बलमा १ चौका र १ छक्कासहित २१ रनमा क्रिजमा छन् । अव नेपाललाई जितको लागि ११.२ ओभरमा ८७ रन बनाउनु पर्ने हुन्छ।

नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औं ओभरको अन्तिम बलमा भीम सार्की एलबीडब्लू आउट भए ।
पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

ओपनर आसिफ शेख तेस्रो बलमै विकेटकिपर अश्वन्त वल्थापाबाट शून्यमा स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ । आफ्नो प्राङ्गणमा शुक्रबार, वैशाख २१ गरेका दिन एक समारोहका बीच सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध भएका हुन् । नेपाल विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गर्नुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् […]

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

Success

Thank you for your time.