default_image

1 year ago

March 17, 2023

पारसको टोलीलाई हराउँदै जायन्ट्स फाइनलमा

एजेन्सी – वल्र्ड जायन्ट्सले लेजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सलाई २० रनले हराउँदै फाइनलमा पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एसिया १९.१ ओभरमा १ सय ३० रनमा अल आउट भयो । पारस १० बलमा ८ रन बनाउँदै रन आउट भए । आठौं नम्बरमा ब्याटिङ गरेका […]

103 views

0 Bookmark

एजेन्सी – वल्र्ड जायन्ट्सले लेजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सलाई २० रनले हराउँदै फाइनलमा पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एसिया १९.१ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।

पारस १० बलमा ८ रन बनाउँदै रन आउट भए । आठौं नम्बरमा ब्याटिङ गरेका पारस १९ औं ओभरको पहिलो बलमा रन आउट हुन पुगेका थिए । एसियाका ओपनर तिलकरत्ने दिलशानले २८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । शाहिद अफ्रिदीले १८ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडे ।

थिसेरा परेरा १२ र मोहम्मद हफिजले १३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । जायन्ट्सका टिनो बेस्टसले ३.१ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । क्रिस मफ्पु ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । ब्रेट ली र स्मित पटेलले एक एक विकेट लिए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । ओपनर हासिम आमलाले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए । ज्याकक्विस कालिसले ४३ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । एसियाका मोहम्मद आमिर र सोहेल तनविरले एक एक विकेट लिए ।

जायन्ट्स ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । एसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । भारत ४ खेलमा १ मा जित ३ मा हारसहित पुछारमा रह्यो । फाइनल प्रवेशका लागि एसिया र भारतबीच शनिबार प्रतिस्पर्धा हुनेछ । आगमी सोमबार फाइनल हुनेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.