default_image

1 year ago

March 17, 2023

सार्थक र विवेकको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सार्थक धितालको अर्धशतकमा पाँचपोखरी क्रिकेट क्लबले पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा भोताङ क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा विवेक तामाङको उत्कृष्ट प्रदर्शनमा ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई ५८ रनले हराउँदै फाइनलमा स्थान बनायो । उपाधिको लागि […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सार्थक धितालको अर्धशतकमा पाँचपोखरी क्रिकेट क्लबले पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा भोताङ क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

विवेक तामाङ

त्यस्तै अर्को सेमिफाइनल खेलमा विवेक तामाङको उत्कृष्ट प्रदर्शनमा ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई ५८ रनले हराउँदै फाइनलमा स्थान बनायो । उपाधिको लागि ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको तल्लोमुलपानी क्रिकेट मैदानमा संचालित प्रतियोगिता पहिलो सेमिफाइनलमा ह्याल्मोले चौतारामाथि सहज जित हातपार्यो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको ह्याल्मो २० ओभरमा २ विकेट गुमाउँदै ७२ रन बनायो । विवेकले ६२ बलमा ८ चौका र ३ छक्कासहित ८४ रनको इनिङ खेले । त्यस्तै विनोद तामाङले ५७ बलमा ६ चौकासहित ७४ रन बनाए । जितको लागि १ सय ७३ रनको विजय लक्ष्य पछ्याएको चौताराले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । यसका लागि विकाश कार्की २२ रन बनाए ।

दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भोताङ क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सकेको थियो । उसका पेम्बा तामाङले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । पासाङ दोर्जे तामाङले २७ रनको योगदान दिए । पाँचपोखरीका मनोजले सर्वाधिक तीन, सार्थक र अर्यान धितालले दुई विकेट लिए ।

सार्थक धिताल


जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको पाँचपोखरीले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सार्थकले ५१ बलमा ६ चौका र १ छक्कासहित ५७ रनको अविजित इनिङ खेले ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा शनिबारबाट सुरु भएको प्रतियोगिता चैत ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ टिमको सहभागिता छ । प्रतियोगिताको मुख्य प्रायोजक माउन्ट शेर्पा ट्राभल एंड टुरिजम रहेको छ।

प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्नेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.