default_image

3 years ago

April 1, 2023

चेन्नईलाई हराउँदै गुजरातको सानदार विजयी सुरुवात

316 views

0 Bookmark

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र गतिका बलर दीपक चाहरले १९ औं ओभरमा १५ रन खर्चिएपछि जितको सम्भावना टाढिएको थियो । १९ औं ओभरको दोस्रो बलमा लेग वाइको रुपमा चौका गएको थियो । चौथो बलमा राशिद खानले छक्का र पाँचौं बलमा चौका प्रहार गर्दै जित नजिक पुर्याए ।

राहुल टेवाटियाले अन्तिम ओभरमा ८ रन चाहिँदा पहिलो बलमा तुषारदेश पाण्डेलाई छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै खेल सकाएका थिए । गुजरातका शुभमन गिल ३६ बलमा ६ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए ।

ऋद्धिमान शाह १६ बलमा २ चौका र २ छक्कासहित २५, साई सुदर्शन २२, हार्दिक पान्ड्या ८ र विजय शंकर २७ रनमा आउट भए । राहुल टेवाटिया १५ र राशिद खान १० रनमा अविजित रहे ।

डेब्यू खेलमा चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । ऋतुराज बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

गायकवाड तीव्र गतिका बलर अल्जारी जोशेफको १८ औं ओभरको पहिलो फुलटस बलमा छक्का हान्ने धुनमा लङअनमा शुभमन गिलबाट क्याच आउट भएपछि शतक बनाउन ८ रनले चुकेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर डेभन कन्वेलाई एक रनमा बोल्ड गरेका थिए । मोईन अली १७ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए । अली राशिद खानको बलमा ऋद्धिमान शाहबाट क्याच आउट भए ।

राशिद खानको बलमा चेन्नईका प्रमुख ब्याटर बेन स्टोक्स एज लागेर शाहबाट क्याच आउट हुन पुगेपछि विशाल योगफल कठिन देखिएको थियो । स्टोक्सले ६ बलमा १ चौकासहित ७ रन बनाए । बायाँ हाते तीव्र गतिका बलर जोशुवा लिटिलले अम्बाती रायुडूलाई १२ रनमा बोल्ड गरे । लिटिल आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी हुन् ।

शिबम दुबे १८ बलमा १ छक्कासहित १९, रविन्द्र जडेजा १ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहेका थिए ।

गुजरातका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । राशिद खान प्लेयर अफ द म्याच चुनिए । मोहम्मद शामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।

चेन्नईले सोमबार लखउन सुपर जायन्ट्ससँग खेल्नेछ । गुजरातले बुधबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । आइपिएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ : ४५ मा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । साँझ ७ ः १५ मा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.