3 years ago
April 2, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को चौथो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा हैदराबादमा सुरुहुनेछ।

दुबै टोली आइपिएलको पहिलो खेलमै विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । दक्षिण अफ्रिकाको अन्तिम ओडिआई खेल नेदरल्यान्ड्ससँग छ । त्यसैले कप्तान एडेन माक्ररम आजको खेलमा उपलब्ध हुनेछैनन् । उनी नहुँदा भुवनेश्वर कुमारले हैदराबादको कप्तानी गर्नेछन् । राजस्थानको सञ्जु स्यामसनले गर्नेछन् ।
यस खेललाई विष्फोटक ब्याटरविरुद्ध तीव्र गतिका बलरको खेलको रुपमा समेत हेरिएको छ । राजस्थानमा जस बटलर, सञ्जु स्यामसन र शिम्रन हेटमायर जस्ता विश्वचर्चित आक्रामक ब्याटर छन् । यी तीन मध्य मध्य एक चल्दा जित सहज हुनसक्छ । विशेषगरि बटलर र स्यामसन सुरुवातमा आक्रामक ब्याटिङ गर्नेछन् । हेटमायरले मध्यक्रम सम्हाल्ने छन् ।
यता हैदराबादमा उमरान मलिक, भुवनेश्वर कुमार र टि नटराजन छन् । उमरान १ सय ५० प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने गर्दछन् । भुवनेश्वर स्वींग र नटरान योर्करका लागि चिनिन्छन् ।

राजस्थानको ओपनिङ यशस्वी जैशवाल र बटलरले गर्ने सम्भावना छ । जैशवाल पनि राम्रो ब्याटिङ गर्दै आएका छन् । सञ्जु स्यामसन तेस्रो नम्बरमा खेल्नेछन् । कप्तान सञ्जुको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चौथो नम्बरमा देवदत्त पाडिक्कलको सम्भावना छ ।
पाँचौं नम्बरमा शिम्रन हेटमायर खेल्नेछन् । छैटौं नम्बरमा जेसन होल्डर र सातौं नम्बरमा रविचन्द्रन आश्विन खेल्ने सम्भावना छ । ओबेद म्याककोय, कुलदीप सेन र ट्रेन्ट बोल्ट तीव्र गतिका बलर हुन् । बोल्टको गति र स्वींगको सामना गर्न राजस्थानका ब्याटरलाई सहज हुनेछैन । लेग स्पिनर युजभेन्द्र चहल प्रमुख स्पिनर हुन् ।
यता हैदराबादको ओपनिङ मयंक अग्रवाल र अभिषेक शर्माले गर्नेछन् । अग्रवाल इनिङ बढाउँदा अभिषेक आक्रामक सुरुवात दिन खोज्नेछन् । नेदरल्यान्ड्ससँगको सिरिजको कारण हेनरिक क्लासेन, मार्को यानसन र एडेन माक्ररम आजको खेलमा उपलब्ध हुनेछैनन् । त्यसैले तेस्रो राुहल त्रिपाठी खेल्नेछन् ।

चौथो नम्बरमा ग्लेन फिलिप्सले खेल्ने सम्भावना छ । इंग्ल्यान्डका ह्यारी ब्रुक पाँचौं नम्बरमा खेल्नेछन् । ब्रुकको यो डेब्यू खेल हुनेछ । ब्रुक नै हैदराबादका प्रमुख खेलाडी हुन् । अक्सनमा १३ करोड २५ लाख खर्चिएका ब्रुकबाट सानदार प्रदर्शन चाहन्छ ।
ब्रुक आक्रामक र ठूलो इनिङका लागि चिनिन्छन् ।
ब्रुक र त्रिपाठीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । छैटौं नम्बरमा अब्दुल सामद खेल्नेछन् । टिमको अवस्था हेरि ब्याटिङक्रम परिवर्तन हुनसक्छ । वासिन्टन सुन्दर फिनिसरको रुपमा खेल्नेछन् । तीन तीव्र गतिका बलरमा उमरान मलिक, भुवनेश्वर कुमार र नटराजन खेल्नेछन् । स्पिनरमा सुन्दर र अकिल हुसैन हुनेछन् । हुसैन राम्रो ब्याटिङको क्षमता राख्छन् ।
हेड टु हेड :
आइपिएलमा हैदराबाद र राजस्थानबीच १६ खेल भएका छन् । जसमा दुबै टोलीले समान ८ मा जित हात पारेका छन् । पछिल्ला पाँच खेलमा राजस्थान तीन खेलमा विजयी भएको छ ।
राजस्थानको टोली :
सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ ।
हैदराबादको टोली :
ह्यारी ब्रुक, वासिन्टन सुन्दर, राहुल त्रिपाठी, मयंक अग्रवाल, अभिषेश शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, मार्को यानसन, कार्तिक त्यागी, अब्दुल शर्मा, उमरान मलिक, टि नटराजन, विवरांत शर्मा, एडेन माक्ररम, आदिल राशिद, मयंक डागर, ग्लेन फिलिप्स, अकिल हुसैन, मयंक मारकान्डे, फजलहक फारुकी, उपेन्द्र यादव, सनविर सिंह, नितेश कुमार रेड्डी, अनोमलप्रीत सिंह र सामर्थ ब्यास ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]