default_image

3 years ago

April 2, 2023

राजस्थानको सानदार विजयी सुरुवात

239 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनायो ।

हैदराबादका अब्दुल सामद ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा अविजित रहे । ओपनर मयंक अग्रवालले २३ बलमा ३ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर ट्रेन्ट बोल्टले पहिलो ओभरमै दुई विकेट लिँदै हैदराबादलाई दबाबमा राखेका थिए ।

तेस्रो बलमा ओपनर अभिषेक शर्मा शून्यमा बोल्ड गरे । त्यसको एक बलपछि प्रमुख ब्याटर राहुल त्रिपाठी शून्यमै जेसन होल्डरबाट क्याच आउट भएपछि खराब सुरुवात गरेको थियो । हैदराबादका कुनैपनि ब्याटर धेरै समय क्रिजमा टिकेर रन बनाउन सकेनन् ।

डेब्यू खेल खेलेका ह्यारी ब्रुक २१ बलमा १ चौकासहित १३ रनमा युजभेन्द्र चहलको नाममा बोल्ड आउट भए । वासिन्टन सुन्दर १, ग्लेन फिलिप्स ८ र आदिल राशिद १८ रनमा आउट भए । उमरान मलिक ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा अविजित रहे ।

राजस्थान रोयल्सका युजभेन्द्र चहलले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । जेसन होल्डर र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशल क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । राजस्थानका कप्तान सञ्जु स्यामसन ३२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए ।

राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले ५.५ ओभरमा ८५ रनको सानदार सुरुवात दिलाएका थिए । बटलर २२ बलमा ७ चौका र ३ छक्कासहित ५४ रनको उत्कृष्ट आक्रामक सुरुवात दिलाउँदै आउट भए ।

तीव्र गतिका बलर फजलहक फारुकीले बटलरलाई बोल्ड गरे । अर्का ओपनर जैसवालले ३७ बलमा ९ चौकासहित ५४ रनमा क्याच आउट भए । देवदत्त पाडिक्कल २ र रियान पराग ७ रनमा आउट भए । शिम्रन हेटमायर १६ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

हैदराबादका टि नटराजनले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । फजलहक फारुकीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । राजस्थानले दोस्रो खेल बुधबार पन्जाब किंग्ससँग खेल्नेछ । हैदराबादले शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । आजको अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.