3 years ago
April 2, 2023
एजेन्सी – तिलक बर्माको सानदार ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पाँचौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । मुम्बईका बायाँ हाते अलराउन्डर तिलक बर्मा ४६ बलमा ९ चौका र ४ छक्कासहित ८४ रनमा अविजित रहे । एक समय १०५-६ को दयनीय अवस्थामा पुगेको मुम्बईलाई तिलकले प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।
तिलक बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मुम्बईको सुरुवात खराब रह्यो । तीव्र गतिका बलर मोहम्मद शिराजले तेस्रो ओभरको तेस्रो बलमा ओपनर ईशान किशनलाई १० रनमा क्याच गराए । कप्तान रोहित शर्मा १० बल खेल्दै एक रनमा आउट भए । रोहित आकाश दीपको बलमा आउट साइड एज लागेर विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट भएका थिए ।
क्यामरन ग्रीनलाई रिस टोप्लीले ५ रनमा बोल्ड गरे । माइकल ब्रेसवेलको बलमा सूर्यकुमार यादव १५ रनमा क्याच आउट भएपछि मुम्बई ८.५ ओभरमा ४८-४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि तिलक र डेब्यू खेल खेलेका नेहल वढेराले ३० बलमा ५० रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

स्पिनर कर्ण शर्माको १४ औं ओभरको पाँचौं बलमा लगातार तीन छक्का हान्ने धुनमा वढेरा लङअनमा विराट कोहलीबाट क्याच आउट भए । उनले १३ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए ।
टिम डेविड शर्माको बलमै ४ रनमा बोल्ड हुँदा मुम्बई १५.३ ओभरमा १०५-६ को दयनीय अवस्थामा पुगेको थियो । अर्शद खान ९ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।
बेंगलोरका कर्ण शर्माले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]