3 years ago
April 3, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा आज चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७: ४५ मा चेन्नईमा सुरुहुनेछ । चेन्नई पहिलो र लखनऊ लगातार दोस्रो जितको सोचमा मैदान उत्रनेछन् ।

लखनऊको लोकेश राहुल र चेन्नईको महेन्द्रसिंह धोनीले कप्तानी गर्नेछन् । चेन्नई घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पहिलो जित निकाल्न चाहन्छ । लखनऊ उच्च प्रदर्शनका साथ लगातार दोस्रो जित हात पार्न चाहन्छ । चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।
इंग्ल्यान्डका दुई प्रमुख खेलाडी बेन स्टोक्स र मार्क वुड आइपिएलमा आज एक अर्काविरुद्ध भिड्दैछन् । बेन स्टोक्स चेन्नईका प्रमुख ब्याटर हुन् । मार्क वुड लखनऊका प्रमुख बलर हुन् । मार्क वुड प्रतिघण्टा १ सय ५० किलोमिटर गतिको माथिमा बलिङ गर्नेछन् । उनको गतिको चाल पाउन विपक्षी ब्याटरलाई सहज हुँदैछ । वुडले दिल्लीविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिएका थिए । उनी आजको खेलमा पनि नायक बन्न सक्छन् ।

तर विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डर बेन स्टोक्स उनीको लागि बाधक बन्नसक्छन् । एउटै देशबाट क्रिकेट खेल्ने यी दुई खेलाडीलाई एक अर्काको कमजोरी थाहाछ । चेन्नई स्टोक्सबाट उत्कृष्ट ब्याटिङ चाहन्छ । पूर्णरुपमा फिट नहुँदा बलिङ भने गर्ने छैनन् । इंग्ल्यान्डकै मोईन अली पनि चेन्नईबाट खेल्नेछन् ।
चेन्नईका ओपनर ऋतुराज गायकवाडले गुजरातविरुद्ध ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । पछिल्लो तीन वर्षदेखि सानदार प्रदर्शन गर्दै आएका ऋतुराजको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओपनर डेभन कन्वे प्रमुख ब्याटर हुन् । पहिलो खेलमा एकै रनमा आउट भएपनि आज उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।
मोईन अली, बेन स्टोक्स र अम्बाती रायुडूको प्रदर्शनले योगफल निर्धारण हुनेछ । फिनिसरमा शिवन दुबे, रविन्द्र जडेजा र धोनी हुनेछन् । दुबेले पछिल्लो खेलमा १८ बलमा १९ रन जोडेका थिए । उनीबाट आक्रामक प्रदर्शन चाहन्छ ।

चेन्नईले इप्म्याक्ट प्लेयरको रुपमा तुषार देशपाण्डेलाई खेलाएको थियो । तीव्र गतिका बलर देशपाण्डेले ३.२ ओभरमा ५१ रन खर्चेका थिए । बलिङ आक्रामण मजबुत बनाउन उनको स्थानमा सिमरजित सिंहलाई मौका दिनसक्छ । दीपक चाहर र राजवर्धन हंगागेकर प्रमुख तीव्र गतिका बलर हुन् । दीपक अनुभवी खेलाडी हुँदा पावर प्लेमा उनीबाट राम्रो सुरुवात चाहन्छ ।
उता लखनऊका कप्तान लोकेश राहुल प्रमुख ब्याटर हुन् । राहुल ठूलो इनिङका लागि चिनिन्छन् । वेस्टइन्डिजका काइल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्कासहित ७३ रन जोडेका थिए । निकोलस पुरन पनि लखनऊमै छन् । पुरन र मेयर्स घातक बन्न सक्छन् । वेस्टइन्डिजका यी दुबै ब्याटर आक्रामक ब्याटिङको लागि चिनिन्छन् । यी दुई मध्य एक चलेको खण्डमा लखनऊको जित सहज हुनेछ ।

लखनऊमा अलराउन्डरको बाहुल्यता छ । दीपक हुडा, क्रुनाल पान्ड्या र मार्कस स्टोइनिस जस्ता खेलाडी छन् । लखनऊको बलिङको बलिङ आक्रामण पनि मजबुत छ । आवेश खान, मार्क वुड र जयदेव उनादकट छन् । स्पिनरमा रवि विश्रोई हुनेछन् ।
हेड टु हेडः
लखनऊ र चेन्नईबीच एकमात्रै खेल भएकोछ । गतवर्ष लखनऊले चेन्नईलाई ६ विकेटले हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]