default_image

3 years ago

April 3, 2023

लखनऊविरुद्ध चेन्नईको विशाल योगफल

237 views

0 Bookmark

एजेन्सी – सानदार ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएकोछ । घरेलु मैदान एमए चिदम्बरम रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले पहिलो विकेटका लागि ९.१ ओभरमा १ सय १० रनको सानदार शतकीय सुरुवात दिलाएका थिए । पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रन जोेडेका ऋतुराज दोस्रो खेलमा पनि त्यहिँ लयलाई निरन्तरता दिए ।

उनले पहिलो खेलमा २३ बल र दोस्रो खेलमा २५ बलमा अर्धशतक पूरा गरे । उनी स्पिनर रवि विश्रोईको बलमा मार्क वुडबाट क्याच आउट हुन पुगेका थिए । अर्का ओपनर डेभन कन्वे २९ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । मार्क वुडको ११ औं ओभरको दोस्रो सट बलमा बलमा कन्वे क्रुनाल पान्ड्याबाट क्याच हुन पुगेका थिए । लामो दौडका साथ पान्ड्याले उत्कृष्ट क्याच लिएका थिए ।

शिवम दुबे १६ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए । दुबे बिश्रोईको बलमा टप एज लागेर क्याच आउट भए । त्यस अघिका तीन मध्य दुई बलमा दुबेले छक्का हानेका थिए । मोईन अली १३ बलमा ३ चौकासहित १९ रनमा विश्रोईको बलमा विकेटकिपर निकोलस पुरनबाट स्टम्पिङ आउट भए ।

बेन स्टोक्स ८ बलमा १ चौकासहित ८ रनमा आउट भए । अम्बाती रायुडू १४ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे । महेन्द्रसिंह धोनी मार्क वुडलाई लगातार दुई छक्का हान्दै आउट भए । धोनी ३ बलमा २ छक्कासहित रवि विश्रोईबाट १२ रनमा क्याच आउट भए ।

लखनऊका रबि विश्रोईले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा मार्क वुडले दिल्लीविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिएका थिए । चेन्नईविरुद्ध भने वुडले ४ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । आवेश खानले एक विकेट लिए ।

लखनऊले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराएको थियो । चेन्नई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.