default_image

3 years ago

April 3, 2023

अलीको उत्कृष्ट बलिङमा चेन्नईको जित

367 views

0 Bookmark

एजेन्सी – अलराउन्डर मोईन अलीको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । चेन्नईको यो पहिलो जित हो । जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।

लखनऊका बायाँ हाते ओपनर कायल मेयर्सले २२ बलमा ८ चौका र २ छक्कासहित ५३ रनको विष्फोटक अर्धशतक प्रहार गरेपनि जितको लागि पर्याप्त हुन सकेन । उनी आइपिएल इतिहासमा सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मेयर्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ७३ रनको इनिङ खेलेका थिए ।

लखनऊलाई ओपनर मेयर्स र कप्तान लोकेश राहुलले पहिलो विकेटका लागि मात्रै ५.३ ओभरमा ७९ रनको विष्फोटक सुरुवात गर्दै चेन्नईलाई दबाबमा राखेका थिए । मोईन अलीको बलिङ सामु लखनऊका ब्याटरले क्रिजमा धेरै समय टिक्न सकेनन् ।

अलीको बलमा ठूलो सट खेलेका मेयर्स डिप मिडविकेटमा डेभन कन्वेबाट क्याच आउट भए । उक्त विकेट चेन्नईको जितको टर्निङ प्वाइन्ट बन्यो । मिचेल सान्टनरको बलमा अर्को ओभरमा दीपक हुडा दुई रनमा डिप मिडविकेटमा नै बेन स्टोक्सबाट क्याच आउट भए ।

अलीको आठौं ओभरको दोस्रो बलमा लोकेश राहुल डिप मिडविकेटमै ऋतुराज गायकवाडबाट २० रनमा क्याच आउट भएपछि लखनऊ दबाबमा परेको थियो । राहुलले १८ बलमा २ चौका प्रहार गरे । मोईन अलीकै बलमा क्रुनाल पान्ड्या ९ रनमा आउट भए । मोईन अलीले मार्कस स्टोइनिसलाई १४ औैं ओभरको दोस्रो बलमा २१ रनमा बोल्ड गरे ।

तुषार देशपान्डेको १६ औं ओभरको अन्तिम बलमा निकोलस पुरन बेन स्टोक्सबाट क्याच आउट भएपछि लखनऊको जितको सम्भावना टाढिएको थियो । पुरनले १८ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाए ।

आयुष बदोनी २३ र कृष्णप्पा गौतमले १७ रन बनाए । मार्क वुडले ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । अन्तिम दुई बलमा तुषारलाई चौका र छक्का प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त हुन सकेन ।

चेन्नईका मोईन अलीले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान एमए चिदम्बरम रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो । चेन्नईको जितमा युवा ओपनर ऋतुराज गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए।

गायकवाड र डेभन कन्वेले पहिलो विकेटका लागि ९.१ ओभरमा १ सय १० रनको सानदार शतकीय सुरुवात दिलाएका थिए । पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रन जोेडेका ऋतुराज दोस्रो खेलमा पनि त्यहिँ लयलाई निरन्तरता दिए । उनले पहिलो खेलमा २३ बल र दोस्रो खेलमा २५ बलमा अर्धशतक पूरा गरे ।

अर्का ओपनर डेभन कन्वे २९ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । मार्क वुडको ११ औं ओभरको दोस्रो सट बलमा बलमा कन्वे क्रुनाल पान्ड्याबाट क्याच हुन पुगेका थिए । लामो दौडका साथ पान्ड्याले उत्कृष्ट क्याच लिएका थिए ।

शिवम दुबे १६ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भएका थिए । दुबे बिश्रोईको बलमा टप एज लागेर क्याच आउट भए । मोईन अली १३ बलमा ३ चौकासहित १९ रनमा विश्रोईको बलमा विकेटकिपर निकोलस पुरनबाट स्टम्पिङ आउट भए ।

बेन स्टोक्स ८ बलमा १ चौकासहित ८ रनमा आउट भए । अम्बाती रायुडू १४ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे । महेन्द्रसिंह धोनी ३ बलमा २ छक्कासहित १२ रनमा क्याच आउट भए ।

लखनऊका रबि विश्रोईले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा मार्क वुडले दिल्लीविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिएका थिए । चेन्नईविरुद्ध भने वुडले ४ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । आवेश खानले एक विकेट लिए ।

लखनऊले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराएको थियो । चेन्नई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । चेन्नईले अव शनिबार मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

मुम्बई पहिलो खेलमा बेंगलोरसँग ८ विकेटले पराजित भएको थियो । लखनऊले अव शनिबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । मंगलबार(भोली) दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच अरुण जेट्ली स्टेडियम दिल्लीमा प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.