default_image

3 years ago

April 4, 2023

आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै

226 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगाशालमा सुरुहुनेछ।

दिल्ली पहिलो जितको खोजीमा हुनेछ । साविक विजेता गुजरात लगातार दोस्रो जित हात पार्ने सोचमा हुनेछ । दिल्ली पहिलो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । गुजरातले पहिलो खेलमा चेन्नईलाई ५ विकेटले हराएको थियो ।

दिल्लीमा तीव्र गतिका बलर एनरिच नोर्किया आजको खेलमा उपलब्धी हुनेछन् । उनी फर्किदा दिल्लीको बलिङ आक्रामण मजबुत हुनेछ । दिल्लीमा डेविड वार्नर, पृथ्वी शा र रोभम्यान पावेल जस्ता स्टार ब्याटर छन् । दिल्लीको ओपनिङ पृथ्वी शा र वार्नरले गर्नेछन् । यी दुईबाट उत्कृष्ट सुरुवात चाहन्छ ।

मिचेल मार्श तेस्रो नम्बरमा खेल्नेछन् । पहिलो खेलमा गोल्डेन डक आउट भएपनि दोस्रो खेलमा उनीबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । राइली रोसोउ चौथो र शरफराज खान पाँचौं नम्बरमा खेल्नेछन् । रोसोउको प्रदर्शन मध्यक्रममा निर्भर हुनेछ । रोभम्यान पावेल र अक्षर पटेल फिनिसर हुन् । वेस्टइन्डिजका सिमित ओभरका कप्तान पावेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् ।

स्पिनरमा अक्षर र कुलदीप यादवको जोडी हुनेछ । नोर्किया टोलीमा फर्किदा चेतन सकारिया बेन्चमा बस्ने सम्भावना छ । दिल्लीको तीव्र गतिको बलरमा खलिल अहमद, मुकेश कुमार र एनरिच नोर्किया हुनेछन् ।

यता गुजरातको ओपनरमा ऋद्धिमान शाह र शुभमन गिल हुनेछन् । गिल राम्रो लयमा छन् । चेन्नईलाई हराउन अर्धशतक हानेका गिल दोस्रो खेलमा पनि ठूलो इनिङ खेल्न सक्छन् । केन विलियम्सन घाइते हुँदै पूरै आइपिएल नै गुमाउनेछन् । विलियम्सनको स्थानमा डेविड मिलर खेल्नेछन् । मिलर गुजरातका प्रमुख ब्याटर हुन् । हार्दिक पान्ड्याले मध्यक्रम सम्हाल्ने छन् । विजय शंकर र साई सुदर्शनले पनि मध्यक्रममा खेल्नेछन् ।

गुजरातको तीव्र गतिका बलरमा अल्जारी जोशेफ, मोहम्मद शामी र जोशुवा लिटिल हुनेछन् । यश दयालको स्थानमा आज गुजरातले जयन्त यादवलाई मौका दिनसक्छ । दिल्लीको पिच स्पिनर सहयोगी मानिन्छ । स्पिनर राशिद खानको प्रदर्शन गुजरातको लागि निकै महत्वपूर्ण हुनेछ । यी दुई टोलीबीच एकमात्रै खेल भएको छ । गतवर्ष गुजरातले दिल्लीलाई १४ रनले हराएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.