3 years ago
April 4, 2023
एजेन्सी – घरेलु टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को सातौं खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।

दिल्लीका अक्षर पटेलले २२ बलमा २ चौका र ३ छक्कासहित ३६ रन जोडे । शीर्ष र मध्यक्रमका ब्याटर दोस्रो खेलमा पनि चल्न नसक्दा बलियो योगफल बनाउन चुकेको हो ।
ओपनर पृथ्वी शा मोहम्मद शामीको तेस्रो ओभरको चौथो बलमा ७ रनमै क्याच आउट भएका थिए । मोहम्मद शामीले मिचेल मार्श ४ रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए ।
अल्जारी जोशेफले नवौं ओभरको दोस्रो बलमा कप्तान डेविड वार्नरलाई ३७ रनमा बोल्ड गरे । वार्नरले ३२ बलमा ७ चौका हाने । लगत्तै अर्को बलमा राइली रोसोउ गोल्डेन डक पेभेलिएन फर्केपछि दिल्ली दबाबमा परेको थियो । लगातार दुई विकेटपछि दिल्ली कुनैपनि समय खुलेर खेल्न सकेन ।

डेब्यू खेल खेलेका विकेटकिपर अभिषेक पोरेल ११ बलमा २ छक्कासहित २० रनमा आउट भए । शरफराज खान ३४ बलमा २ चौकासहित ३० रनमा आउट भए ।
गुजरातका राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]