3 years ago
April 4, 2023
एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले लगातार दोस्रो हार ब्येहोरेको छ ।

जितको लागि १ सय ६३ रनको मध्यम विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा बायाँ हाते युवा ब्याटर साई सुदर्शन ४८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे । सुदर्शनको यो आइपिएल करिअरको पहिलो अर्धशतक हो ।
डेविड मिलर १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । पाँचौं विकेटका लागि मिलर र सुदर्शनले ४.५ ओभरमा ५६ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । ओपनर ऋद्धिमान शाह र शुभमन गिल समान १४ रनमा एनरिन नोर्कियाको बलमा बोल्ड आउट भए । शाहले ७ बलमा २ चौका र १ छक्का प्रहार गरे । गिलले १३ बलमा ३ चौका प्रहार गरे ।

कप्तान हार्दिक पान्ड्या ५ र विजय शंकर २९ रनमा आउट भए । मिचेल मार्शको बलमा एलबीडब्लू आउट हुनुअघि इम्प्याक्ट प्लेयर शंकरले २३ बलमा ३ चौका प्रहार गरे ।
दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । खलिल अहमद र मिचेल मार्शले एक एक विकेट लिए ।
त्यसअघि घरेलु मैदान अरुण जेट्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।
दिल्लीका अक्षर पटेलले २२ बलमा २ चौका र ३ छक्कासहित ३६ रन जोडेपनि जितको लागि पर्याप्त हुन सकेन। शीर्ष र मध्यक्रमका ब्याटर दोस्रो खेलमा पनि चल्न नसक्दा दिल्ली पराजित भएको हो ।

ओपनर पृथ्वी शा मोहम्मद शामीको तेस्रो ओभरको चौथो बलमा ७ रनमै क्याच आउट भएका थिए । मोहम्मद शामीले मिचेल मार्श ४ रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अल्जारी जोशेफले नवौं ओभरको दोस्रो बलमा कप्तान डेविड वार्नरलाई ३७ रनमा बोल्ड गरेका थिए ।
वार्नरले ३२ बलमा ७ चौका हाने । लगत्तै अर्को बलमा राइली रोसोउ गोल्डेन डक पेभेलिएन फर्केपछि दिल्ली दबाबमा परेको थियो । लगातार दुई विकेटपछि दिल्ली कुनैपनि समय खुलेर खेल्न सकेन ।
डेब्यू खेल खेलेका विकेटकिपर अभिषेक पोरेल ११ बलमा २ छक्कासहित २० रनमा आउट भए । शरफराज खान ३४ बलमा २ चौकासहित ३० रनमा आउट भए । गुजरातका राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो । गुजरातले अव कोलकाता नाइट राइडर्ससँग आइतबार खेल्नेछ । दिल्लीको लगातार दोस्रो हार हो ।
दिल्ली पहिलो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । दिल्ली शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ । बुधबार राजस्थान र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]