3 years ago
April 5, 2023
एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । गुजरातले घाइते केन विलियम्सनको स्थानमा शानकालाई ल्याउने निर्णय गरेको छ । उनले ५० लाख भारु पाउनेछन् । गत अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि उनलाई कसैले किनेका थिएनन् ।

नियम अनुसार खेलाडी घाइते भएमा उसको स्थान लिने खेलाडी अक्सनमा नबिकेको न्यूनतम मूल्य पाउँछ । उनी न्युजिल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज शनिबार सकिएपछि मात्रै गुजरातको टोलीमा जोडिनेछन् ।
विलियम्सन पहिलो खेलमै शुक्रकार चेन्नई सुपर किंग्सविरुद्ध १३ औं ओभरमा ऋतुराज गायकवाडले हानेको छक्का बचाउने क्रममा घाइते भएका थिए ।
दायाँ खुट्टाको घुँडामा चोटपछि विलियम्सन प्रतियोगिताबाट बाहिरिएका थिए । भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएका फिनिसर तथा म्याच विनर स्टार अलराउन्डर शानकाले पहिलो पटक आइपिएल खेल्नेछन् । आक्रामक ब्याटिङका लागि चर्चित उनले मध्य गतिमा बलिङ गर्ने गर्दछन् ।
गत जनवरीमा भारतलाई दोस्रो टि२० आई खेलमा १६ रनले हराउन शानकाले २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेलेका थिए । उक्त सिरिजमा उनले ४६, ५६ र २३ रन जोडेका थिए ।
त्यसै सिरिजमा भारतविरुद्ध पहिलो ओडिआई खेलमा शानकाले ८८ बलमा १२ चौका र ३ छक्कासहित १ सय ८ रनको अविजित शतकीय इनिङ खेलेका थिए । गतवर्ष घरेलु टोली भारतविरुद्ध तीन खेलको टि२० आई सिरिजमा उनले ३, ४७ र ७४ रन जोडेका थिए ।

गत वर्ष एसिया कपको उपाधि श्रीलंकालाई जिताउन उनको पदर्शन निकै महत्वपूर्ण थियो । उनले १८ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउनुको साथै २ विकेट लिएपछि भारत एसिया कपमा फाइनल यात्राबाट बाहिरिएको थियो । उनी फिनिसरको लागि चिनिन्छन् । भरपर्दा अलराउन्डर हुन् । श्रीलंकाबाट राम्रो कप्तानी पनि गर्दै आएका छन् ।
शानकाले श्रीलंकाबाट ६ टेस्ट, ५० ओडिआई र ८७ टि२० आई खेल खेलेका छन् । उनले १ सय ८१ टि२० खेलमा ३ शतक र १५ अर्धशतकसहित कुल ३ हजार ७ सय २ रन बनाएका छन् । उनको आगमनले गुजरात झनै बलियो बन्नेछ । गुजरातले सुरुवाती दुई खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गुजरातमा राशिद खान, जोशुवा लिटिल, डेविड मिलर, म्याथ्यु वेड, अल्जारी जोशेफ, शानका, ओडेन स्मिथ र नुर अहमद विदेशी खेलाडीको रुपमा छन् । शानका म्याच विनर अलराउन्डर हुदा पहिलो रोजाईमा खेल्नेछन् ।
गुजरातले चार विदेशी खेलाडीको रुपमा राशिद खान, शानका, डेविड मिलर र अल्जारी जोशेफलाई खेलाउने सम्भावना छ । इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ र बलिङमा एक खेलाडी परिवर्तन गर्न सक्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]