default_image

3 years ago

April 11, 2023

आर्मी र एपिएफको सहज जित

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी रिचा ममोरियल टि२० क्रिकेट प्रतियोगिता दोस्रो दिन नेपाल आर्मी क्लब र नेपाल एपिएफ क्लब विजयी भएका छन् । एपिएफले राहुल ११ लाई ५ विकेटले हरायो । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

फाइल तस्विर

एपिएफको जितमा विपिन खत्रीले ३० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनमा अविजित रहे । अमरसिंह राउटेला १९ बलमा ४ चौकासहित २२, प्रज्वल थापा १७, सुमित महर्जन १३, प्रदीपऐर २५, अरुण ऐरी ६ र पुरन विकले ७ रन बनाए ।

राहुल ११ का अमन यादवले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अमर चौधरीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राहुल ११ ले १६.३ ओभरमा १ सय ३८ रनमा अल आउट भएको थियो ।

ओपनर अभिषेक पाठकले १२ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ४६ रन बनाए । भानु यादव २६, सचिन २० र रबाडा कुमारले १९ रन बनाए । एपिएफका अमर, यज्ञमान कुमाल, पुरन विक र त्रिलोकले समान दुई विकेट लिए । विपिन खत्री र अरुणले एक एक विकेट लिए ।

त्यस्तै अर्को खेलमा आर्मीले सिद्धान्त लोहनी कप्तान रहेको वाइआरसिसीलाई ७ विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ रोजेको वाइआरसिसी १९.५ ओभरमा १० विकेट गुमाउँदै १ सय ५५ रन बनायो । ओपनर अभिषेक चौधरीले २६ बलमा २ चौका र २ छक्कासहित ३१ र सिद्धान्त लोहनीले १६ बलमा ६ चौकासहित २८ रन बनाए ।

सोनु अन्सारीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ६० रनको उत्कृष्ट इनिङ खेले । आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा २ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए । विक्रम सोब र सुमित श्रेष्ठले समान दुई विकेट लिए । आकाश चन्द र हरि चौहानले एक एक विकेट लिए ।

जितको लागी १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा बसिर अहमद ३३ बलमा ६ चौका र १ छक्कासहित ४४ रनमा अविजित रहे । सन्दीप रजाली १५ बलमा ३ चौका र ३ छक्कासहित ३६ राजेश पुलामी २४ र हरि चौहानले २६ बलमा ५ चौका र २ छक्कासहित ३८ रन बनाए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.