3 years ago
April 14, 2023
एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुकको सानदार शतकको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको छ।

कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनायो । हैदराबादका ओपनर ह्यारी ब्रुक ५५ बलमा १२ चौका र ३ छक्कासहित १ सय रनको सानदार अविजित शतकीय इनिङ खेले । अक्सनमा यसै सिजन १३ करोड २५ लाख भारु (२१ करोड नेपाली रुपैयाँ) पाएका उनको यो पहिलो आइपिएल शतक हो ।
ओपनर मयंक अग्रवाल र राहुल त्रिपाठी समान ९ रनमा आन्दे रसेलको बलमा आउट भएका थिए । तेस्रो विकेटका लागि ब्रुक र कप्तान एडेन माक्ररमले ४७ बलमा ७२ रनको साझेदारी गरेका थिए । माक्ररम २६ बलमा २ चौका र ५ छक्कासहित ५० रनको उत्कृष्ट इनिङका साथ आउट भए ।
उनी स्पिनर बरुणचक्रवर्तीको बलमा डिप मिडविकेटमा आन्द्रे रसेलबाट क्याच आउट भएका थिए । त्यसपछि रसेल र अभिषेक शर्माले ३३ बलमा ७२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । अभिषेक १७ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा आउट भए ।
उनी आन्द्रे रसेलको बलमा लङअनमा शार्दुल ठाकुरबाट क्याच आउट भए । हेनरिक क्लासेन ६ बलमा २ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । कोलकाताका आन्द्रे रसेलले २.१ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । वरुणचक्रवर्तीले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]