default_image

1 year ago

April 18, 2023

मलेसियाविरुद्ध नेपालको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर लिगमा मलेसियाले दिएको मध्यम लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ गरेको छ । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल २२ बलमा ३ चौकासहित २२ रनमा क्रिजमा छन् । भीम सार्की ४० बलमा […]

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर लिगमा मलेसियाले दिएको मध्यम लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ गरेको छ । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल २२ बलमा ३ चौकासहित २२ रनमा क्रिजमा छन् । भीम सार्की ४० बलमा १ चौकासहित १९ रनमा क्रिजमा छन् । नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो ।

तीव्र गतिका बलर मोहम्मद वाफिकको पहिलो ओभरको अन्तिम बलमा आसिफ कट एण्ड बोल्ड आउट हुन पुगे । दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले ४८ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेल ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । कुशल तीव्र गतिका बलर रिजवान हैदरको दशौं ओभरको पहिलो बलमा स्क्वायर लेगमा खिजायर हायतबाट क्याच आउट भएका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.