default_image

2 years ago

April 18, 2023

हैदराबादमाथि मुम्बईको जित

193 views

0 Bookmark

एजेन्सी – सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौं औं स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । हैदराबादका ओपनर मयंक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए । कोलकाता नाइट राइडर्सविरुद्ध सानदार शतक हानेका युवा ओपनर ह्यारी ब्रुक मुम्बइसँगको खेलमा ७ बलमा २ चौकासहित ९ रनमा क्याच आउट भए ।

उनी तीव्र गतिका बलर जेसन बेहर्नडोर्फको दोस्रो ओभरको चौथो बलमा टप एज लागेर कभर प्वाइन्टमा सूर्यकुमार यादवबाट क्याच आउट भए । बेहर्नडोफले नै चौथो ओभरको चौथो बलमा राहुल त्रिपाठीलाई ७ रनमा विकेटकिपर ईशान किशनबाट क्याच आउट गराए ।

कप्तान एडेन माक्ररम १७ बलमा १ चौका र १ छक्कासहित २२ र अभिषेक शर्मा १ रनमा आउट भए । हैदराबादलाई जितको लागि ४२ बलमा ८७ रन चाहिँएको थियो । स्पिनर पियुष चवालालाई हेनरिक क्लासेनले १३ औं ओभरको दोस्रो बलमा चौका, तेस्रो, चौथो बलमा छक्का र पाँचौं बलमा चौका हानेपछि खेल रोचक बनेको थियो ।

तर अन्तिम बलमा क्लासेन ठूलो सट खेल्ने धुनमा लङअनमा टिम डेविडबाट क्याच आउट भए । क्लासेनको विकेट मुम्बईको जितको टर्निङ प्वाइन्ट बन्यो । आक्रामक ब्याटिङ गरेका क्लासेन १६ बलमा ४ चौका र २ छक्कासहित ३६ रनमा आउट भए ।

अन्तिम १२ बलमा हैदराबादलाई जितको लागि २४ रन चाहिँएको थियो । क्यामरन ग्रीनले १९ औं ओभरमा माचै ४ रन दिएपछि मुम्बई जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा जितको लागि २० रन चाहिँएको थियो । सचिनका छोरा अर्जुन तेन्दुलकरले पाँचौं बलमा भुवनेश्वर कुमारलाई रोहित शर्माबाट क्याच गराउँदै आइपिएलमा डेब्यू विकेटका साथ खेल सकाए ।

मुम्बईका तीव्र गतिका बलर जेसन बेहर्नडोफले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । अर्जुन तेन्दुलकर र क्यामरन ग्रीनले समान एक विकेट लिए ।

त्यसअघि राजिव गान्धी अन्तर्राष्ट्रिय रंगाशाला हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रनको योगफल बनाएको थियो । मुम्बईका युवा अलराउन्डर क्यामरन ग्रीनले ४० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनको अविजित इनिङ खेलेका थिए ।

उनको यो आइपिएलको पहिलो अर्धशतक हो । गत डिसेम्बरमा आइपिएल अक्सनमा मुम्बईले ग्रीनमाथि धनको वर्षा गर्नेक्रममा १७ करोड ५० लाख भारु (२८ करोड नेपाली रुपैयाँ) खर्चेर ग्रीनलाई किनेको थियो । सुरुवाती खेलमा भने ग्रीन चल्न सकेका थिएनन् । उनी पन्जाब किंग्सका साम करन १८ करोड ५० लाख भारुपछि आइपिएल अक्सन इतिहासमै सर्वाधिक मूल्य पाउने खेलाडी हुन् ।

टिम डेविड ११ बलमा २ चौकासहित १६ रनमा रन आउट हुन पुगेका थिए । ओपनर तथा कप्तान रोहित शर्मा १८ बलमा ६ चौकासहित २८ रनमा आउट भएका थिए । रोहित तीव्र गतिका बलर टि नटराजनको बलमा कप्तान एडेन माक्ररमबाट क्याच आउट भए ।

रोहित आउट हुँदा मुम्बई ४.४ ओभरमा ४१-१ को अवस्थामा थियो । ईशान किशन ३१ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोड्दै पेभेलिएन फर्किए । दोस्रो विकेटका लागि ग्रीन र ईशान किशनले ४६ रनको साझेदारी गरेका थिए । सूर्यकुमार यादव ७ रनमै क्याच आउट भए ।

सूर्य र ईशान दुबै तीव्र गतिका बलर मार्को यानसनको बलमा माक्ररमबाट क्याच आउट भएका थिए । चौथो विकेटका लागि ग्रीन र तिलक बर्माले २८ बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । सानदार प्रदर्शन गर्दै आएका युवा बायाँ हाते खेलाडी तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्कासहित ३७ रन जोेडेका थिए ।

हैदराबादका युवा तीव्र गतिका बलर मार्को यानसनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।

February 12, 2025

स्मिथको कप्तानीमा अस्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]

February 12, 2025

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]

February 11, 2025

वेष्टर्नलाई रुपन्देही सुपर लिगको उपाधि

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]

Success

Thank you for your time.