default_image

1 year ago

April 20, 2023

बहराइनको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले एसिसी प्रिमियर कपमा सिंगापुरलाई १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८७ रनको विशाल विजयी लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । सिंगापुरका सुरेन्द्र चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक […]

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले एसिसी प्रिमियर कपमा सिंगापुरलाई १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८७ रनको विशाल विजयी लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमा अल आउट भयो ।

सिंगापुरका सुरेन्द्र चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बहराइनका इमरान अनवारले ९ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रिजवान बुटले ९.१ ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिदले १० ओभरमा २ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । बहराइनका फैज अहमदले ५९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । ओपनर शाहवाद बाडरले ९८ बलमा ८ चौका र १ छक्कासहित ७६ रन बनाए ।

अर्का ओपनर मोहम्मद युनिस २४ बलमा ५ चौकासहित २३, डेविड मथिस शून्य, सोहिल अहमद ४६ र कप्तान हैदर अली २९ रनमा आउट भए । एक समय ३२-२ को अवस्थामा पुगेको बहराइनलाई तेस्रो विकेटका लागि शाहजाद र सोहिलले १ सय ६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि फैज अहमद र हैदर अलीले ६६ रनको साझेदारी गरेपछि विशाल योगफलको आधार तय गरेका थिए ।

सिंगापुरका रमेश कलिमुथु, थिलिपन र विनोथ भास्करणले समान दुई विकेट लिए ।बहराइनले अव शनिबार मुलपानीमा कुवेतसँग खेल्नेछ । सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो । सिंगापुरले आइतबार युएईसँग कीर्तिपुरमा खेल्नेछ ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.