2 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कपमा आज ओमानसँग खेल्दैछ । दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् ।
समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । नेपाल र ओमानबीचको आजको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण गर्न सक्ने सम्भावना छ ।
घरेलु टोली नेपाल उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ । ५० औं ओडिआई खेल नेपाल जितका साथ खुसीयाली मनाउन चाहन्छ । तर भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानलाई हराउन सहज हुनेछैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् ।
नेपाल युवा खेलाडीले भोरिएको टोली हो । ओमानमा अनुभवी खेलाडीको बाहुल्यता छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उता ओमानले कतारलाई ४० रनले हराएको थियो । दुबै टोलीको सोच लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना मजबुत बनाउने हुनेछ । नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्ने उच्च सम्भावना छ ।
तीव्र गतिका बलर गुलशन झाको स्थान करण केसीलाई मैदान उतार्ने सम्भावना छ । करण केसीले ओमानविरुद्ध ६ ओडिआई खेलमा २० विकेट लिएका छन् । पछिल्लो पटक २०२२ मा ओमानविरुद्ध करणले ५–५ विकेट लिएका थिए । करणलाई मौका दिन गुलशन झालाई बेन्चमा राख्ने सम्भावना छ ।
उता ओमानले आजको खेलमा तीव्र गतिका बलर फैज बटलाई जय ओडेराको स्थानमा मौका दिनसक्छ त्यस्तै अभ्यास खेलमा नेपालविरुद्ध शतक हानेका ब्याटर शोएब खानलाई आजको खेलमा खेलाउने उच्च सम्भावना छ ।
नेपालको मुख्य हतियार ब्याटिङ हो । नेपालको ब्याटिङ ९/१० नम्बरसम्म भरपर्दो छ । ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा भीम सार्की, चौथोमा कप्तान रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्लले गर्नेछन् । त्यसपछि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले छैटौं र सातौं नम्बर सम्हाल्नेछन् ।
टोलीको आवश्यकता अनुसार आठौं, नवौं र दशौं नम्बरमा सोमपाल, कामी करण केसी र सन्दीप लामिछानेले ब्याटिङ गर्नेछन् । अन्तिम नम्बरमा स्पिनर ललितनारायण राजवंशी हुनेछन् । ललित बाहेक अन्य कुनैपनि खेलाडीले ब्याटिङबाट खेल जिताउन सक्ने खुबी राख्छन् ।
भीम, कुशल, आसिफ र आरिफ र रोहितले उच्च प्रदर्शन गर्दै आएका छन् । ओमानमा तीन प्रमुख बायाँ हाते बलर हुँदा कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । कुशल राम्रो लयमा पनि छन् । नेपालले पावर प्ले र डेथ ओभरमा भने राम्रो बलिङ गर्नुपर्ने हुन्छ । डेथ ओभरमा नेपालले लगातार खराब प्रदर्शन गर्दै आएको छ । टोलीमा करण बाहेक अन्य खेलाडीको परिवर्तनको सम्भावना छैन ।
उता ओमानको ओपनिङ जतिन्दर सिंह र कश्याप प्रजापतिले गर्नेछन् । तेस्रोमा अकिब इलियास र चौथोमा जिशान मकसुद हुनेछन् । ओमानको ब्याटिङमा पनि गहिराई छ । अलराउन्डर खेलाडीको बाहुल्यता छन् । त्यसपछि मोहम्मद नदिम, अदिल सफिक र आयन खान छन् । ओमानले अभ्यास खेलमा नेपालविरुद्ध शतक हानेका शोएब खानलाई मध्यक्रममा खेलाउन सक्छ ।
तीव्र गतिका बलर बिलाल खानबाट नेपाल सचेत हुनुपर्छ । स्पिनरमा जिशान मकसुद घातक बन्न सक्छन् । अकिब इलियास, जिशान मकसुद र बिलाल खान ओमानका प्रमुख हतियार हुन् । सन्दीप लामिछाने, रोहित पौडेल र कुशल मल्ल नेपालका प्रमुख हतियार हुन् ।
नेपालका सन्दीप लामिछानेले आज एक विकेट लिएमा उनी ओडआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बन्नेछन् । सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । उनले ४४ खेलमा उक्त सफलता हात पारेका थिए ।
हेड हु हेड :
नेपाल र ओमानबीच ओडिआईमा कुल ६ खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । २०२० मा नेपालले लिग २ मा घरेलु मैदान टियुमा ओमानसँग दुबै खेल हारेको थियो ।
मौसम :
आज काठमाडौंको तापक्रम न्यूनतम १६ डिग्री र उच्चतम २७ डिग्री सेल्सियल छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म २७ प्रतिशत वर्षा हुने सम्भावना छ ।
लाइभ तथा टिकट
लाइभ कान्तिपुर टेलिभिजन, कान्तिपुर टेलिभिजन वेवसाइट र ओएसआर युटुबबाट हेर्न सकिनेछ । टिकट भने २ सय रुपैयाँ रहेको छ । माइ पेबाट काट्दा १ सय ५० रुपैयाँमा पाउन सकिनेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), अकिब इलियास, जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी र फैज बुट ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]