default_image

1 year ago

April 21, 2023

चौका प्रहार गर्दा भीमको ब्याट भाँचियो

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर भीम सार्कीले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध चौका प्रहार गर्नेक्रममा ब्याट भाँचिएको छ । बायाँ हाते तीव्र गतिका बलर बिलाल खानको नवौं ओभरको चौथो बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा भीमको ब्याट भाँचिएको हो ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएको छ । नेपालका भीम सार्की २७ बलमा २ चौका र १ छक्कासहित १८ रनमा क्रिजमा छन् ।

उनलाई कप्तान रोहित पौडेलले १५ बलमा १ चौकासहित १२ रनमा साथ दिएका छन् । नेपालले खाता नखोल्दै दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो ।

नेपालले पहिलो रन २८ औं बलमा खोलेको थियो । सुरुवाती २७ बल सम्म नेपालले दुबै ओपनरमा गुमाउँदै कुनैपनि रन जोडेको थिएन । बिलाल खानको पाँचौं ओभरको चौथो बलमा खाता खोलेको थियो । भीम सार्कीले मिडअफमा सट प्रहार गर्दै नेपालको पहिलो रनको खाता खोलेका थिए ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई खाता नखोल्दै गुमाएको थियो । टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए ।

चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.